Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:१४ बिहान
- ADVERTISEMENT -

प्रभु साहको दादागिरीः मेला लगाउन पाक्नै लागेको गहुँखेतीमा डोजर चलाउन दिए निर्देशन

प्रकाशित मिति: २०७७ फागुन १८, मंगलबार

548
Shares

काठमाडौँ, मंगलबार, १८ फागुन २०७७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य एवं शहरी विकासमन्त्री प्रभु साहको निर्देशनमा किसानहरूले लगाएका गहुँ बालीमा डोजर चलाइएको छ ।

रौतहटको मौलापुर नगरपालिका ५ मा महाशिवरात्रिको मेला आयोजन गर्नका लागि भन्दै मन्त्री साहले करिब पाँच बिगाहा जमिनमा लगाइएको गहुँ नष्ट गर्न लगाइएका हुन् । फागुन २७ गते महाशिवरात्री मनाइँदैछ । यसअघि नै मन्त्री साहले मेला लगाउने भन्दै कतिपय किसानलाई शुरुमै बाली नलगाउन भनेका थिए । तर, पछि उक्त स्थानमा मेला आयोजना नगरी गहुँ बाली लगाइएको स्थानमा मेला गर्न लागिएको एक स्थानिय किसानले बताए ।

‘यसअघि तय भएको स्थानमा हाम्रो खेत थियो। मन्त्रीज्यू घरमा आएर भन्नुभयो कि महाशिवरात्रिमा मेला लाग्छ, त्यसमा बाली नलगाउनुहोला । त्यसपछि हामीले त्यहाँको करिब सात कट्ठा जग्गा पर्ति नै राख्यौं’ ती किसानले भने, ‘तर अन्तिम समयमा आएर हाम्रो मेहनतलाई खरानी बनाइदिए ।’ पाक्नै लागेको गहुँ बाली नष्ट नगर्न कयौँ आग्रह गर्दा पनि मन्त्री पक्षका आयोजकले नमानेको पीडित किसानहरुको गुनासो छ ।

नष्ट भएको बालीको मुआब्जा दिने भनिएको पनि पाइएको छ । तर, बाली लगाउँदा १० देखि १५ हजार खर्च भए पनि आयोजकले क्षतिपूर्तिको नाममा पाँच हजार रुपैयाँ थमाइदिएको बताइएको छ । यसबाट निकै मर्का भएको किसानहरु बताउँछन् । उक्त मेला राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउने तयारी छ । सो मेलामा भारतबाट भोजपुरी सिनेमाका कलाकारहरु समेत ल्याउने तयारी भइरहेको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -