फागुन १८,२०७७:-
उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री एवं जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई स्वदेश फर्किँदै छन् ।
परीक्षणपछि चिकित्सकहरूले न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको निष्कर्ष निकालेपछि पूर्वप्रधानमन्त्री भट्टराई मंगलबार स्वदेश फर्किन लागेका हुन् ।
दुई-तीन महिनाभित्रै ट्युमरको शल्यक्रिया गर्न उनलाई चिकित्सकले सुझाव दिएका छन् । नेपाल वायुसेवाको जहाजबाट मंगलबार दिउँसो २ बजे नेपाल प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ ।
उनी ११ फागुनमा उपचारका लागि दिल्ली गएका थिए ।








































