Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३२:१० बिहान
- ADVERTISEMENT -

ट्रम्पले नयाँ पार्टी नखोल्ने, २०२४ मा फेरि चुनाव लड्ने

प्रकाशित मिति: २०७७ फागुन १७, सोमबार

514
Shares

बीबीसी, सोमबार, १७ फागुन २०७७ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पार्टी नखोल्ने स्पष्ट पारेका छन् । फ्लोरिडास्थित कन्जरभेटिभ पार्टीको सम्मेलनमा बोल्दै उनले रिपब्लिकनहरुमा मत विभाजन हुने हुनाले नयाँ पार्टी नखोल्ने बताए ।

जो बाइडेन राष्ट्रपति भएपछिको पहिलो सार्वजनिक भाषणमा उनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा फेरि लड्ने संकेत पनि दिए । उनले बाइडेन नेतृत्वको सरकारको आलोचना गर्दै आफ्नो उत्तराधिकारीले अमेरिकी नीतिलाई ‘अमेरिका फर्स्ट’बाट ‘अमेरिका लास्ट’ बनाइदिएको गुनासो गरे ।

महाअभियोगको मुद्दा सकिएको दुई हप्तापछि ट्रम्प सार्वजानिक रूपमा देखा परेका हुन् । सो ‘ट्रायल’मा उनलाई दोषी ठहर गर्न केही रिपब्लिकनहरुले पनि मतदान गरेका थिए । त्यसपछि ट्रम्पले आफ्नो छुट्टै पार्टी खोल्न सक्नेबारे चर्चा चलेको थियो ।

आइतबारको सो सम्मलेनले रिपब्लिकन पार्टीमा उनको लोकप्रियता फेरि पनि प्रमाणित गरिदिएको छ । बिहीबारदेखि नै यो सभाका लागि उत्साह सुरु भइसकेको थियो । सभालाई ट्रम्प समर्थक टेड क्रुज र छोरा डोनाल्ड ट्रम्प जुनियरले पनि भाषण गरे । ट्रम्पलाई फेसबुक र ट्विटरलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइएको छ । ह्वाइटहाउस छाडेदेखि उनी फ्लोरिडामा रहेको आफ्नो मारालागो रिसोर्टमा बस्दै आएका छन् ।

७४ वर्षीय पूर्वराष्ट्रपति ट्रम्प हायात रिजेन्सी होटेलको स्टेजमा एक घण्टा ढिलो पुगेका थिए । तर, पुग्नासाथै आफ्ना समर्थकहरुबाट भव्य स्वागत पाए । सो भिडमा अधिकतम मानिसले मास्क लगाएका थिएनन् । जहाँ ट्रम्पले भने, “म आज चार वर्षअगाडि हामीले सँगै सुरु गरेको रोचक यात्राबारे घोषणा गर्न सबैमाझ आएको छु । सो यात्रा अझै अन्त्य भएको छैन । हामी यति बेला भविष्यका बारेमा छलफल गर्न गइरहेका छौँ । हाम्रो पार्टीको भविष्य, हाम्रो अभियानको भविष्य, हाम्रो प्रिय देशको भविष्य । यसमा हामी फेरि विजयी हुनेछौँ र अमेरिका आजसम्मकै शक्तिशाली र विशाल राष्ट्र बन्नेछ ।”

नयाँ राजनीतिक पार्टी सुरु गर्नेबारेमा प्रश्न गर्दा उनले ‘फेक न्युज’को अफवाह भएको बताए । अझ ठट्टा गर्दै उनले भने, “कति राम्रो हुन्थ्यो होला नयाँ पार्टी सुरु गर्न, जसले हाम्रो मत विभाजित गर्नेछ अनि हामी कहिल्यै नजित्ने होला होइन ?”

उनले थप भने, “हामीसँग रिपब्लिकन पार्टी छ । र, यही पार्टी एकीकृत भई पहिलाकोभन्दा अधिक शक्तिशाली रूपमा उपस्थित हुनेछ ।”

नोभेम्बरको चुनावमा हार व्यहोरी विभिन्न विवादमा मुसिएको भए पनि ट्रम्प अझै आफ्ना मतदाताहरुमाझ अत्यन्तै लोकप्रिय छन् । गत साताको एक अमेरिकी सर्वेक्षणमा उनका ४६ प्रतिशत मतदाताहरुले उनले रिपब्लिकन पार्टी छाडी आफ्नै पार्टी सुरु गरे पनि उनैलाई समर्थन गर्ने र भोट दिने देखिएको थियो ।

त्यस्तै, आइतबारको सम्मेलनमा उनले फेरि पनि गएको चुनावमा धाँधली भएको आधारहीन दाबी दोहोर्‍याए । उनले आगामी २०२४ को निर्वाचनमा डेमोक्रेट्सहरुलाई तेस्रोपटक हराउन सक्ने दाबी गरे । यस्तै, बाइडेन प्रशासनले आप्रवासन र सीमा सुरक्षामा उनको सरकारले अपनाएको कडा नीति उल्ट्याएकामा आलोचना गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -