काठमाडौं, १७ फागुन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीले म्यानपावरमा छापा मार्नुअघि आफूलाई सोध्नुपर्ने भन्दै वैदेशिक रोजगार विभागलाई ठाडो निर्देशन दिएका छन् ।
पछिल्लो समय वैदेशिक रोजगार क्षेत्रमा विकृति बढ्न थालेपछि विभागका महानिर्देशक दाहालले म्यानपावर कम्पनीमाथि धमाधम अनुगमन र छापा मार्दै गर्दा मन्त्री चौधरीले भने विभागलाई सघाउनुको साट्टो उल्टै आफूलाई सोधेर मात्र छापा मार्न ठाडो निर्दशन दिएका छन् ।
तर, यस विषयमा सञ्चारकर्मीको प्रश्नमा श्रममन्त्री चौधरी भने आफूले विभागलाई कुनै दबाब नदिएको बताउने गरेका छन् । कानुनको कुरा गर्दै कानुनन्दा बाहिर गएर आफूले काम नगरेको उनको मिठास बोली छ ।








































