फागुन १६,काठमाण्डू: कैलालीमा ग्रेडरको ठक्करबाट एक पुरुषकाे मृत्यु भएको छ।
मृत्यु हुनेमा चुरे गाउँपालिका–१ बजारीका ४६ वर्षीय लक्ष्मण छेलाल रहेका छन्।
उनलाई सोही ठाउँमा बा २ क २१३५ नम्बरको ग्रेडरले ठक्कर दिएकाे थियो।
उनलाई उपचारका लागि धनगढी लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।
ठक्कर दिने ग्रेडर र चालक प्रहरीकाे नियन्त्रणमा छन्।








































