Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:१५:३५ बिहान
- ADVERTISEMENT -

‘रोनाल्डो सधैं मेस्सीभन्दा माथि नै हुनेछन्, रोनाल्डोसँग उनको तुलना हुनै सक्दैन’

प्रकाशित मिति: २०७७ फागुन १२, बुधबार

754
Shares

एजेन्सी, बुधबार, १२ फागुन २०७७ । जर्मन क्लब बायर लेभरकुसेन तथा जमाइकका युवा खेलाडी लियोन बेलीले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनाका लिओनल मेस्सीको उत्कृष्टताबारे धारणा राखेका छन् । उनले एक अन्तर्वार्तामा कुरा गर्दै रोनाल्डो सधैं मेस्सीभन्दा माथि रहने मात्रै बताएका छैनन्, रोनाल्डोसँग मेस्सीको तुलना हुन नसक्ने पनि भनाइ राखेका छन् ।

हाल इटालियन युभेन्टसबाट खेलिरहेका रोनाल्डो र स्पेनिस बार्सिलोनाबाट खेलिरहेका मेस्सीले आफ्नो करिअर दौरान प्राप्त गरेको सफलताका आधारमा रोनाल्डो सधैं मेस्सीभन्दा अगाडि र माथि हुने बताएका छन् । बेलीले दुवैलाई महान् खेलाडी भन्दै नम्बर वान रोज्नुपर्दा बिनाशंका रोनाल्डोको नाम आउने बताएका हुन् ।

बेलीले मेस्सीलाई छाडेर रोनाल्डोलाई रोज्नुका दुई कारण दिएका छन् । पहिलो– रोनाल्डोले फरक–फरक क्लबबाट खेलेर उत्तिकै सफलता पाउनु तर मेस्सीले सधैं एकै क्लबबाट खेलेर पनि रोनाल्डोले जति ठूला उपाधि नजित्नु । दोस्रो– रोनाल्डोले दुई अन्तर्राष्ट्रिय उपाधि जित्नु तर मेस्सीले आजसम्म पनि देशका लागि केही जित्न नसक्नु ।

‘मेस्सी सधैं एकै क्लबमा छन् । तर, क्रिस्टियानोले फरक–फरक क्लबबाट खेले । र, मेस्सीको भन्दा धेरै ठूला उपाधि (च्याम्पियन्स लिग) जिते । यी दुईमा को बेस्ट भनेर हेर्ने एक प्रमुख आधार यो हो,’ बेलीले भनेका छन्, ‘मेस्सीले १७ वर्षसम्म एकै ठाउँबाट खेलेर जति जितेका छन्, क्रिस्टियानोले कठिन र ठूला लिगहरूबाट खेलेर पनि मेस्सीको भन्दा धेरै च्याम्पियन्स लिग जितेका छन् । यसकारण म सधैं रोनाल्डोलाई मेस्सीभन्दा माथि राख्छु । तर, उनीहरू दुवै महान् छन् ।’

बेलीले मेस्सीले अन्तर्राष्ट्रिय उपाधि नजित्दासम्म रोनाल्डोसँग तुलना गर्नु हाँस्यास्पद हुने पनि बताए । ‘क्रिस्टियानोले दुई अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । तर, मेस्सीले आजसम्म पनि अर्जेन्टिनका लागि उपाधि जित्न सकेका छैनन् । क्रिस्टियानो मेस्सीभन्दा माथि छन् भनेर भन्न यो सबैभन्दा ठूलो आधार हो । क्रिस्टियानोले आफ्नै कप्तानीमा पोर्चुगललाई दुई–दुईपटक च्याम्पियन बनाए, यस्तो सफलता मेस्सीसँग छैन,’ बेलीले भने ।

बेलीले प्रतिभाका हिसाबले भने आफूले मेस्सीलाई पहिलो स्थानमा राख्ने बताए । ‘यो म पनि मान्छु, प्रतिभाको विषयमा रोनाल्डोभन्दा मेस्सी माथि छन् । तर, सफलताका कुरा गर्नुहुन्छ भने मेस्सी रोनाल्डोभन्दा धेरै पछाडि नै छन्,’ बेलीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -