काठमाडौं, बुधबार, १२ फागुन २०७७ । सर्वोच्च अदालतले संसद् विघटनको सरकारी निर्णय बदर गरेपछि सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा बसेका छन् ।
सडकमा आन्दोलन हुने, स्थिति भड्किने र कानुनविपरीतका क्रियाकलाप निम्त्याउन सक्ने भएकाले नियन्त्रण गर्न देशव्यापी रुपमा सुरक्षा सतर्कता बढाइएको हो ।
विशेषगरी काठमाडौं उपत्यकासहित देशका ठुला शहरमा ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको एक उच्च सुरक्षा अधिकृतले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गएको ५ पुसमा संसद् विघटन भएको थियो ।








































