नयाँदिल्ली, सोमबार, १० फागुन २०७७ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले उपचारका लागि भारतको राजधानी नयाँदिल्ली आउनुुपरेकोमा आफू अत्यन्त लज्जित र दुखित भएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री भट्टराईले आइतबार (आज) उपचारका लागि भारत आउनुुपरेकोमा आफू लज्जित र दुःखित रहेको सामाजिक सञ्जाल ट्वीटरमार्फत बताएका हुन् ।
उजले ट्वीटरमा लेखेका छन्, ‘मेरो स्वास्थ्यलाभको कामना गर्नुहुने सबै साथीहरूलाई धन्यावाद’ डा.भट्टाराइले ट्टविरमा लेखेका छन्, ‘अहिले दिल्लीस्थित नेपाली दूतावासको अतिथिकक्षमा बसेर घोत्लिककदै गर्दा अत्यन्त लज्जितरदुःखित छु। २१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु सामान्य नागरिकको के होला?’
यस्तो छ उनको ट्वीट

डा.भट्टराई नेपाल एयरलाइन्सको जहाजमार्फत आज बिहान साढे ११ बजे नयाँदिल्ली प्रस्थान गरेका थिए । उनको सचिवालयले दिएको जानकारी अनुसार पेटमा समस्या देखिएपछि लामो समयदेखि उनले काठमाडौँको निदान अस्पतालमा स्वास्थ्य परीक्षण तथा उपचार गराईरहेका थिए। चिकित्सकको सिफारिसमा उनी दिल्ली गएका हुन् ।








































