Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:२९ बिहान
- ADVERTISEMENT -

भत्काईदिनुहोस प्रधानमन्त्रीको सनक, प्रधानमन्त्रीको सेटिङ्ग: नेता थापा

प्रकाशित मिति: २०७७ फागुन ९, आइतबार

460
Shares

बर्दघाट, आइतबार, ९ फागुन २०७७ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले यदि प्रधानमन्त्रीले भनेजस्तै सेटिङ भएको भए त्यस्तो सेटिङ भत्काईदिन सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आग्रह गरेका छन् ।

शनिबार पश्चिम नवलपरासीमा नेपाल तरुण दल जिल्ला कार्यसमितिले बर्दघाटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता थापाले भने ‘प्रधानमन्त्रीले अहिलेपनि अदालतलाई सेटिङ्ग गरेको छु भन्ने ठान्नु भएको छ, मेरो श्रीमानहरुलाई आग्रह छ, विश्वास छ ,भत्काईदिनुहोस प्रधानमन्त्रीको सनक, प्रधानमन्त्रीको सेटिङ्ग ।’

आमसभालाई सम्बोधन गर्दै नेता थापाले शासकहरुको सनकलाई विगतमा पटक पटक भत्काएर लोकतन्त्रको पक्षमा उभिएको अदालतलाई फेरि एक पटक सनकको शासनलाई भत्काउने अवसर आएको बताए ।

आमसभामा बोल्दै नेता थापाले संविधान विघटन गरेर प्रधानमन्त्री संसदबाट भागेको बताउँदै ओलीलाई संसदबाट भागेको भगौडा भएको आरोप समेत लगाए ।

थापाले प्रधानमन्त्री ओली संसदबाट भागेर संसदको ताला चाबी राष्ट्रपतिलाई लगेर बुझाएको बताउँदै प्रधानमन्त्रीको सेटिङ्गको साझेदार राष्ट्रपति भण्डारी पनि भएको आरोप लगाए । विगतका ऐतिहासिक उपलब्धि र संविधानको रक्षा र स्थिरताको लागि संसद पुनःस्थापना हुनुपर्ने थापाको भनाई थियो ।

नेता थापाले अहिलेको संघर्षको विषय चुनावमा भाग लिने वा नलिने मात्रै नभएर विगत ६० वर्षदेखि जनताको बलले प्राप्त गरेको सबै ऐतिहासिक उपलब्धि र संविधानको रक्षा भएकोले नेपाली कांग्रेस संविधान र प्राप्त उपलब्धिको रक्षाको पक्षमा रहेको बताएका थिए ।

नेपाल तरुण दल पश्चिम नवलपरासीले सरकारको अलोकतान्त्रिक र असंवैधानिक कदमका विरुद्ध आयोजना गरेको आमसभामा पुर्व गृहराज्य मन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल लगायत कांग्रेसका जिल्ला स्तरका नेताहरुले सम्बोधन गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -