घरमा कौडीले भकारी भरेर
अन्नपात , खजाना छैन भन्छ
चल्लालाई चारो आफै खोज्नु भन्छ
सिउर डालेर बस्छ
हाम्रो बिहाडे भाले ।
मिर्मिरे भइसक्यो
बासेन सिउर ढलेको हाम्रो भाले ।
पोथी कोरकोराई रहन्छ
आखा तरेर बस्छ
खुराक सकिएर होकी
पल्लो खोरको पोथी
संग सल्किएर होकी
रनभुल्ल परेको छ
सिउर ढलेको
हाम्रो कांग्रेसको भाले ।
मिर्मिरे भइसक्यो
बासेन सिउर ढलेको हाम्रो भाले ।
भाले बास्दा
उज्यालो हुदै छ
आस हुन्थ्यो
भुईखुट्टे जनता को ।
भालेको स्वर सुक्दा
टोल टोल ,चोक चोकमा
देसका बलात्कारी स्यालहरु
बासिरहेका छन ।
तरपनि
मिर्मिरे भईसक्यो
बासेन सिउर ढलेको हाम्रो भाले !!
जोखना हेरेर बसेको छ
सिउर ढलेको भाले
एकपल्ट
घरको धुरीमा बसेर
तामझाम ले बास्ने ।
चरेर खान जाँगर मारिसक्यो
कसरी बास्ला खै?
बिर्सिएको स्वर ले कसरी
भुई खुट्टे जनतालाई
चिसो ओछ्यानबाट
जगाउला खै??
मिर्मिरे भइसक्यो
पोथी कोरकोराई सके
तर पनि
बासेन सिउर ढलेको हाम्रो भाले ।
साईत ,जोखना हेर्दै
न्यायलय हेरेर बास्न खोजिरहेछ
घर को धुरी मा चढि
एकचोटी बासेर बिसर्जन खोजिरहेछ
मेरो सिउर ढलेको भाले
चतुर स्यालसंग मितेरी लाउन
खोजिरहेको छ ।
त्यसैले होला
आजकल मिर्मिरेको पहरदारी
बेला बखत रुन्चे स्वरमा
साँझ परेपछि बासेर छोडीरहेछ ।
सिउर ढलेको हाम्रो भाले
कुन दिशा तिर बसेर बास्ने
रनभुल्ल परिरहेछ ।
स्यालसंग को मितेरी
महंगो परिरहेछ !!
महंगो परिरहेछ !!
बेदना
कांग्रेसी चल्लो









































