काठमाडौँ, शनिबार, ८ फागुन २०७७ । हिमालयन युवा समाजको प्रथम साधारण सभा सम्पन्न भएको छ । छोटो समयमा आफ्ना सामाजिक कामहरुबाट सबैको मन जित्न सफल हिमालयन युवा समाज संस्थाको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
मनोज देवकोटाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि गोरखा नगरपालिकाकी उप-मेयर बिनाकुमारी श्रेष्ठ रहेकी थिइन । त्यसैगरी अतिथिमा वडा न १२ का अध्यक्ष डिल्ली बहादुर थापा रहेका थिए ।
सो कार्यक्रममा उपस्थित सबैले ” लागू पदार्थ दुर्व्यवसनी विरुद्ध सबै एकजुट हौ “भन्दै कडा अभिव्यक्ति दिएका थिए ।








































