काठमाडौं, शुक्रबार, ७ फागुन २०७७ । बृहत नागरिक आन्दोलनले शुक्रबार टुँडिखेलमा मार्चको आयोजना गरेको छ ।
रत्नपार्क, शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ । प्रदर्शनमा ‘जनताको हो टुँडिखेल’, ‘प्रतिगमन मुर्दाबाद’ जस्ता नारा लगाइएको थियो ।
प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई प्रतिगमन ठहर गर्दै बृहत् नागरिक आन्दोलनले लामो समयदेखि त्यसका विरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।








































