काठमाडौं, शुक्रबार, ७ फागुन २०७७ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको तर्फबाट अन्तिम बहस जारी छ ।
शुक्रबार एमिकसको तर्फबाट अन्तिममा वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले राय दिइरहेकी छन् । राय दिदैँ उनले संविधान बिरामी नरहेको तर्क गरिन् । ‘संविधान बिरामी पनि छैन । कोमामा पनि गएको छैन । हामी त्यही संविधानको धारा बोकेर यहाँ आएका छौ’ संग्रौलाले भनिन् ।
बरु, संग्रौलाले संविधानको धारा अक्सिजन भएको बताइन् ।
उनले आफूभन्दा पहिला राय दिएका एमिकस क्युरीहरू वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की र वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलका कुरा पनि उल्लेख गरिन् । त्यसपछि इजलासमा सायरी र गीत आएका कुरा उठाउँदै उनले अहिलेको सन्दर्भमा स्वर सम्राट नारायणगोपालले गाएको गीत केही हरफ सुनाएन् ।
तिमीले भनेका, सारा देव छोएर…२
म।‘किरिया खान, कहाँ सक्छु र ।
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर ।
तिमीले भनेका, सारा देव छोएर…
तिमीले भनेका, सारा देव छोएर…२
म ‘किरिया खान, कहाँ सक्छु र।
यदि मान्छौ भने म, तिम्रै देव भनेर ,
म त खाइदिन्छु कसम, आफैलाई भाकेर।
तिमीले भनेका, सारा देव छोएर।







































