Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२७:०७ बिहान
- ADVERTISEMENT -

पारमाणविक अनुसन्धान केन्द्र बन्ने

प्रकाशित मिति: २०७७ फागुन ७, शुक्रबार

720
Shares

काठमाडौँ, शुक्रबार, ७ फागुन २०७७ । मुलुकको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउन छवटा कम्पनीका आशयपत्र छानिएका छन् । पारमाणविक अनुसन्धान केन्द्र निर्माणका लागि ती आशयपत्र छानिएको हो ।

पहिलो प्राथमिकतामा सूचीकृत र चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएकोे पारमाणविक अनुसन्धान केन्द्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कम्पनी छानेको हो । छानिएका कम्पनीका नाम पनि अहिले सार्वजनिक गरिएको छैन ।

मन्त्रालयका सहसचिव तथा मन्त्रालयअन्तर्गतको पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्रप्रसाद खनालले मुलुकमा रहेको सम्भावित पारमाणविक पदार्थ र सोसम्बन्धी प्रविधिको अध्ययन अनुसन्धान गर्न स्थापना गर्न लागिएको पारमाणविक अनुसन्धान केन्द्रको ‘डीपीआर’ निर्माण गर्न कम्पनी छनोट प्रक्रिया अगाडि बढेको जानकारी दिनुभयो ।

डीपीआरका लागि कम्पनी छनोट गर्न आशयपत्र (एक्सप्रेसन अफ इन्ट्रेस्ट) माग्ने प्रक्रिया अगाडि बढेको बताउँदै महाशाखा प्रमुख खनालले भन्नुभयो, “आशयपत्र दिएकामध्ये छवटा कम्पनी सूचीकृत भएका छन् । सूचीकृत भएका ती कम्पनीबाट प्रस्तावका लागि बोलपत्रसमेत आह्वान भइसकेको छ ।” प्रस्ताव दिने म्याद फागुन १० गतेसम्म छ ।

सम्भावित पारमाणविक पदार्थको खोज, अध्ययन र अनुसन्धान गर्न नेपालमा पहिलो पटक पारमाणविक अनुसन्धान केन्द्र स्थापना प्रक्रिया अगाडि बढाइएको हो । प्रस्ताव दिने कम्पनीहरूको आर्थिक तथा प्राविधिक मूल्याङ्कन गरी उत्कृष्ट एउटा कम्पनी छनोट गरिने बताउँदै उहाँले छनोट भएका कम्पनीले चार महिनाभित्र प्रतिवेदन मन्त्रालयमा बुझाउनुपर्ने जानकारी दिनुभयो । चालू आर्थिक वर्षभित्र नै डीपीआरको प्रतिवेदन प्राप्त गरी आगामी आर्थिक वर्षदेखि केन्द्र स्थापना गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।

डीपीआरपछि अनुसन्धान केन्द्र स्थापना गर्न आवश्यक जग्गा र लागत रकमबारे स्पष्ट हुने बताउँदै उहाँले त्यसपछि जग्गा छनोट प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको जग्गामा नै सो अनुसन्धान केन्द्र स्थापना गर्ने सम्भावना छ ।
रेडियोधर्मी पदार्थको (नियमन तथा उपयोग) सम्बन्धी ऐन, २०७७ र विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन नीति, २०७६ मा गरिएको व्यवस्थाबमोजिम पारमाणविक अनुसन्धान केन्द्र स्थापना कार्य अगाडि बढाइएको उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रपतिबाट २०७७ असार ११ गते सो ऐन प्रमाणीकरण भएको थियो ।

अनुसन्धान केन्द्र स्थापना गर्न चालू आर्थिक वर्षमा ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । महाशाखा प्रमुख खनालले भन्नुभयो, “स्थापना गर्न लागिएको केन्द्रले रेडियोधर्मी, पारमाणविक पदार्थ तथा विकीरणको प्रभावसम्बन्धी अध्ययन अनुसन्धान गर्नेछ ।” सो ऐन र नीतिमा पारमाणविक अनुसन्धान केन्द्र स्थापना गर्ने उल्लेख गरिएको छ ।

“यो अनुसन्धान केन्द्र स्थापनाको मुख्य उद्देश्य पारमाणविक पदार्थ र सोसम्बन्धी प्रविधिको अध्ययन अनुसन्धान गर्नु रहेको छ,” उहाँले भन्नुभयो, “हामीसँग पारमाणविक पदार्थ छ छैन, योसँग सम्बन्धित कस्तो प्रविधि अपनाउने र यस कार्यक्रमलाई भविष्यमा कसरी अगाडि बढाउनेलगायतको विषयमा अध्ययन अनुसन्धान गर्न यो केन्द्रको स्थापना गर्न लागिएको हो ।”

खासगरी यो प्रविधिको प्रयोग स्वास्थ्य, उद्योग, पशु, कृषि, खाद्य प्रविधि, पुराताìिवक संरचनाको क्षेत्रमा हुने गर्दछ,” उहाँले भन्नुभयो, “यी क्षेत्रमा यसको प्रयोग कसरी गर्न सकिन्छ, कति हदसम्म गर्न सकिन्छ लगायतको विषयमा यस केन्द्रले काम गर्नेछन् ।” गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -