Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
८:२४:२९ बिहान
- ADVERTISEMENT -

गोरखाको लिगलिग कोटमा साइकल दौडको तयारी पुरा

प्रकाशित मिति: २०७७ फागुन ६, बिहीबार

718
Shares

काठमाडौँ, बिहिबार, ६ फागुन २०७७ । लिगेलिगे साईकल दौडको तयारी पुरा भएको छ । नेपालको ऐतिहासिक स्थल गोरखाको लिगलिगकोटमा भोली (फागुन ७ गते शुक्रबार) लिगलिगे साईकल दौड हुने भएको छ ।

१३ औं सागका स्वर्ण बिजेता खेलाडी देखि प्रदेश र स्थानीय स्तरका खेलाडीसम्म गरि एक सय राईडरले दौडमा प्रतिस्पर्धा गर्ने छन् । लिगलिगे साईकल दौडको दूरी ५२.९ किलोमिटर रहेको छ ।

लिगलिग भिलेज स्पोट्र्सको आयोजना पालुङटार नगरपालिका र पर्यटन बोर्डको प्रायोजनमा संचालन हुने साईकल दौड प्रतियोगितामा ६ वटा इभेन्टमा प्रतिस्पर्धा हुने छ ।

महिला तथा पुरुष खुला दौडको बिजेताले २५ हजार उपविजेताले २० हजार र तृतियले १५ हजार नगद प्राप्त गर्ने छन् । यो दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित हुनेछन् । ६ इभेन्टकै एउटै रुट र एउटै दूरी रहेको छ ।

त्यसैगरी, गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष साईकल दौडका विजेताले ५ हजार उपविजेताले ३ हजार र तृतिय हुनेले २ हजार ५ सय प्राप्त गर्ने छन् ।

पालुङटार नगरपालिका स्तरीया महिला तथा पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ सय, उपविजेताले २ हजार र तृतिय हुनेले एक हजार प्राप्त गर्ने छन् । स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताको अनुमानित बजेट ३० लाख रहेको आयोजकले जनाएको छ ।

लिगलिगे साईकल दौडको ५२.९ किलोमिटरको दुरी लिगलिगकोट, हर्मि भन्ज्याङ, आँपपिपल, राईनास, पालुटार, लुईटेल भन्ज्याङ, बड डाँडा, सभा चौतारा हुदै लिगलिगकोट पुगि दौड सम्पन्न हुनेछ ।

सिरानचोकगाउँपालिका र राईनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गर्नु पर्ने रुट रहेको छ भने निम्नतम हाईट ४ सय २० मिटर रहेको छ ।

सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने लमजुङको राइनास कोटबाट द्रब्य शाह लिगलिग कोट आएर त्यो क्षेत्र जितेर त्यहीँ राज्य गर्न थालेको भन्ने इतिहास पाइन्छ |

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -