Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४४:५८ बिहान
- ADVERTISEMENT -

क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापनबारे चासो

प्रकाशित मिति: २०७७ फागुन ४, मंगलबार

750
Shares

काठमाडौं, मंगलबार, ४ फागुन २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग शरणार्थीका लागि राष्ट्र संघीय उच्चायुक्तको कार्यालयको नेपालस्थित प्रतिनिधि मण्डलले मंगलबार भेटघाट गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा उच्चायुक्तको कार्यालयकी नेपालस्थित प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले भुटानी शरणार्थीको व्यवस्थापन बारे चासो राख्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले हालसम्म भूटानी शरणार्थीको यथोचित प्रबन्धका लागि शरणार्थीका लागि राष्ट्र संघीय उच्चायोगबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गर्दै बाँकी शरणार्थीको व्यवस्थापनका लागि पनि पुर्ववत् सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । आफ्नै समस्याहरु सँग जुधिरहेको विकासोन्मुख देश नेपालले यसलाई समयबद्ध ढंगले व्यवस्थापन गर्न चाहेको प्रधानमन्त्रीले बताउनु भयो ।

प्रधानमन्त्रीले शरणार्थी समस्या समाधानका लागि उहाँहरुकै देशमा ससम्मान फिर्तीलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । त्यसो हुन नसके विकल्पमा तेस्रो मुुलुकमा स्थानानान्तरण र त्यसबाट पनि बाँकी रहेका शरणार्थीहरुको व्यवस्थापन नेपालमै गर्नका लागि समेत गरी तीन वटै विकल्पमा कार्यगर्न नेपाल सरकार खुला रहेको समेत प्रधानमन्त्रीले बताउनुभयो ।

यसका लागि उच्चायोगबाट सहयोग प्राप्त हुने विश्वास समेत ब्यक्त गर्नुभयो । जवाफमा प्रतिनिधि वर्माले शरणार्थी व्यवस्थापनसम्बन्धी सहयोग निरन्तर गर्ने बारे उच्चायोग सकारात्मक रहेको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -