Opens in a new tab
२०८३ मंसिर १, सोमबार
१:२७:२० राति
- ADVERTISEMENT -

राखेपद्वारा गण्डकी प्रदेशमा नौ खेल पूर्वाधार निर्माण सम्झौता

प्रकाशित मिति: २०७७ फागुन ४, मंगलबार

726
Shares

काठमाडौं, मंगलबार, ४ फागुन २०७७ । राष्ट्रिय खेलकूद परिषद्(राखेप)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा नौ खेल पूर्वाधार निर्माणका लागि सम्झौता गरेको छ ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सम्बन्धित उपभोक्ता समितिका बीचमा आइतबार पोखरामा सम्झौता भएको हो ।

बजेट कार्यक्रममा परेका पूर्वाधार निर्माणका लागि यसअघि राजधानी गएर सम्झौता गर्नुपर्नेमा यसपटक सम्बन्धित प्रदेशमै निर्माण सम्झौता कार्यक्रम गरिएकाले उपभोक्ता समितिलाई सहज भएको राखेपले जनाएको छ ।

कास्कीसहित पर्वत, लमजुङ, तनहुँ, म्याग्दी, गोर्खालगायतका जिल्लामा नौवटा पूर्वाधार निर्माणका लागि स्थानीय उपभोक्ता समितिसँग रु एक करोड ९५ लाख बराबरको सम्झौता गरिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । पोखराको ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्डहल निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । रु ५५ लाख ६३ हजार ८६ लागत अनुमान रहेकामा बाँकी रकम समितिले व्यहोनुपर्ने सम्झौतामा उल्लेख छ ।

लमजुङको राइनास नगरपालिका–६ स्थित गौलीटार रङ्गशाला निर्माणका लागि राखेपले रु ५० लाख उपलब्ध गराउने भएको छ । सो रङ्गशालाको लागत अनुमान रु ५५ लाख ९२ हजार १६१ छ । लमजुङ कभर्डहल निर्माणका लागि रु १० लाख, म्याग्दीको बेनी रङ्गशाला निर्माणका लागि रु १० लाख, पर्वतको कुश्मा कभर्डहल निर्माणका लागि रु १० लाख, तनहुँको चिन्टुटार रङ्गशाला निर्माणका लागि रु १० लाख, म्याग्दीको रत्नेचौर बहुउद्देश्यीय खेल मैदानका लागि रु १० लाख, बागलुङमा मदन भण्डारी कभर्डहल निर्माणका लागि रु १० लाख र गोरखा रङ्गशाला स्तरोन्नतिमा रु १० लाख उपलब्ध गराउने गरी सम्झौता गरिएको छ ।

सम्झौतामा सम्बन्धित उपभोक्ता समितिले तोकिएको काम आगामी विसं २०७८ वैशाख मसान्तभित्र सम्पन्न गरी सक्नुपर्ने छ । सम्झौता कार्यक्रमका अवसरमा राखेप सदस्यद्वय राजेशकुमार गुरुङ र रेनुका श्रेष्ठ, विभागीय प्रमुखद्वय कुलबहादुर थापा र अर्जुन विक सहभागी थिए ।

खेलकूद अभिमुखीकरण शुरु

राखेपको आयोजनामा गण्डकी प्रदेशको खेलकूद अभिमुखीकरण कार्यक्रम आइतबारदेखि पोखरामा शुरु भएको छ । कार्यक्रममा वाग्मती प्रदेशका विभिन्न जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख, ओलम्पियन, अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी, भेट्रान खेलाडी र स्थानीय खेल सङ्घका प्रतिनिधि गरी १४९ को सहभागिता रहेको थियो ।

कार्यक्रममा सदस्यसचिव सिलवालले गण्डकी प्रदेशलाई खेलकूद पर्यटनको शहरका रूपमा विकास गर्ने योजनाअनुसार पूर्वाधार निर्माणमा लगानी वृद्धि गरिएको बताए ।

कार्यक्रमको पहिलो दिन सदस्यसचिव सिलवालले खेलकूद व्यवस्थापन, डा ज्ञानेन्द्रविक्रम शाहले ‘स्पोर्ट्स मेडिसिन’, सागमा कराँतेतर्फ स्वर्णधारी सुलोचना सिजख्वाले खेल मनोविज्ञान, रमन नेपालीले खेल उत्प्रेरणा, राजेन्द्ररत्न तुलाधरले ‘फिटनेस’ र र सकुना देनीले ‘मेन्टल ट्रेनिङ एन्ड स्पोर्ट्स पर्फमेन्स’ बारे जानकारी गराएका थिए । राखेपले यसअघि देशका अन्य छ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको जनाएको छ । कार्यक्रम आज समापन हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -