Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०५:५७ बिहान
- ADVERTISEMENT -

नेपालमा नयाँ प्रजातिको कोरोना फैलिएको आशंका

प्रकाशित मिति: २०७७ फागुन ३, सोमबार

519
Shares

काठमाडौं, सोमबार, ३ फागुन २०७७ । कोरोना विरुद्धको दोस्रो चरणको खोप शुरु भएकै दिन नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस फैलिएको अनुमान इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको छ ।

केही दिनदेखि नेपालमा राजनीतिक उतारचढावका साथै खुलेआमरुपमा मानिसहरु जुलुस, आमसभा, विरोधका कार्यक्रम लिएर सडकमा उत्रिएसँगै कोरोना परीक्षणमा कमी आएको र परीक्षण गरेका न्यून संख्यामा कोरोना पुष्टि हुनुलाई कोरोना निर्मूल भएको सम्झन नहुने स्वास्थ्यकर्मीले बताउँदै आएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलका अनुसार कोरोना संक्रमितको संख्या शून्यमा नझरेसम्म उत्तिकै चुनौती रहिरहन्छ । यस्तो अवस्थामा अझ संक्रमितको पहिचानका लागि ठूलो संख्यामा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । केही समयअघि बेलायतबाट नेपाल आएका चार जनामा कोरोना भाइरस पुष्टि भएसँगै उनीहरूको सम्पर्कमा आएका मानिसमा पनि संक्रमण सरेको आशंका गरिएको छ ।

भाइरस पुष्टि भएका एक व्यक्ति दुई हप्ताअघि मुक्तिनाथ दर्शन गरी पोखरा हुँदै काठमाडौं फर्किएका थिए । उनीहरुसँगै सम्पर्कमा आएका पोखराका १२ जनाको नमुना परीक्षण गर्दा सबै व्यक्तिहरुमा ‘एस जिन’ नेगेटिभ आएपछि उनीहरुमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भएको आंशंका गरिएको महाशाखाले जनाएको छ ।डा.पौडेल भन्छन्– ‘केही व्यक्तिहरुमा नयाँ प्रजातिको आंशका गरिएको भए पनि जिन सिक्वेन्सी जाँच भने गरिएको छैन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा छ

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -