Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०५:१३ बिहान
- ADVERTISEMENT -

हेलो सरकार ! विभेदिकरणको अन्त्य कहिले ?

प्रकाशित मिति: २०७७ फागुन १, शनिबार

634
Shares

बासुदेव न्यौपाने

गतबर्ष पेटमा छोरी रैछे भन्दै गर्भपतन गरेका दाइ भाउजूले ,यो बर्ष ग्रहशान्ती पुजामा तल्लो घरे माइला दाईकी छोरी बोलाइ टिका लगाए बाकी हामी कुन संस्कार र धर्मको कुरा गर्छौ खै ।

महिला र पुरुषबीच एउटै कुराको मात्र भिन्नता छ, त्यो हो शारीरिक बनावट । यो पनि प्रजननका लागि मात्रै हो । प्रकृतिले महिला र पुरुषका बीच यही भेद बनायो, समाजले भने यो भेदलाई विभेदमा परिणत गर्‍यो ।

वर्तमान समयमा विभेद शब्दले चिहानबाट यामराजको दण्डित स्वरमा चिच्याइरहेको जस्तो देखिन्छ । ती शब्दको प्रयोगले हार्दिकता दिन्थ्यो भने आज सबैले हात मिलाएर हिड्थे,अन्याय परेकाले न्याय पाउथे होला । मुड्की बजार्ने हात गुप्त भैदिन्थे । मानवको दानवीय व्यावहार स्खलित हुन्थ्यो, सारा जगतले काल्पनिक स्वर्ग खोज्न मृत्यु कुर्न पर्दैनथ्यो ।

बलत्कारीलाई विश्वमैं फाँसिको सजाय छ तर नेपालमा बलत्कारीहरु पार्टीका हुन्छन कि नेता हुन्छन वा नेताका आफन्त हुन्छन । त्यसैले, नेपालमा बलत्कारीलाई सजाय भन्दा पनि बलत्कृत पीड़ित पक्षले नै बढि सजाय पाइरहेको घट्ना हाम्रो समाजमा देखिनु बलत्कार ब्यक्तिले नभइ व्यवस्थाले गरेको अनुभुति हुन्छ । आफ्नो पदका लागि हामी यहाँ छौ लेखेर छातिमा पम्पेल राखेर रोडमा आयौं । एउटा बालिका बलात्कार पछि हत्या हुन्छ । तिम्रा विग्यप्ती बाहेक तिमी कहिले रोडमा आयौं । न देश सुधारेयौं न तिमि आफू सुध्रेयौं तिमी ले फगत साइबर सेना बनायौं । चेलिका लागि बाच्ने कुनै कानुन बनाएनौं ।

तिम्रा खोस्टामा सिमित कानुन
तिमी र तिम्रा आफन्त बाहेक अरुले किन कहिले नजानुन । अझ भएन भनेर महिलालाई बिदेश जान बन्देज गरेउ । देशका नागरिक एउटै होइनन् र के महिला के पुरुष यहाँ एयरपोर्टमा भन्दा खुल्ला सिमानामा बेचिने महिलाको संख्या बढी छ सक्छौ ती खुला सिमानामा पर्खाल कडा गर्न ? स्वचेतनालाई परिवर्तन गर्न नसक्ने राजनैतिक जागरण , पारिवारिक परिबन्ध बाट फुकुवा गर्न नसक्ने राजनैतिक स्वतन्त्रता , हैकम प्रवृत्तिको राजनैतिक उदारवाद ले साच्चिकै समाज परिवर्तन गर्छ होला त ?

हालको अवस्थामा चलायमान हुँदै आइरहेको दहेज प्रथा, एसिड अपराध, स्त्रीदेह किनबेच प्रथा, छोरी भए गर्भपतन गर्ने प्रथा, वैवाहिक बलात्कारी प्रथा, बालिका वधू प्रथा इत्यादि प्रथाले पनि प्रमाणित गर्छ, वैवाहिक संस्था लालपुर्जाले जन्माउँदै आएको धार्मिक अफिम हो ।

गैर-वैवाहिक संस्थाबाट स्त्री उत्पीडित हुनु पनि वैवाहिक संस्थाको सहउत्पादन हो, जसो कि झुमा, देउकी, कुमारी प्रथा । स्त्रीहरू आर्थिक एवम् मानसिक रूपमा सबल हुनुपर्छ । महिलाहरू आर्थिक एवम् मानसिक रूपमा सबल हुनका लागि विद्यमान लालपुर्जामा आधारित आर्थिक संरचनामा हेरफेर हुनुपर्छ, तब मात्र महिला मुक्ति सम्भव छ । यो महिला मुक्ति लालपुर्जा बोक्ने खाइपाई आएको सत्ताधारी वर्गले त्यसै महिलाको पोल्टोमा खन्याइदिनेवाला छैन । यसका लागि महिलाले ठूलै विद्रोह गरी क्रान्तिमा सहभागी हुनुपर्छ ।

र´ अब यसो पनि गरौं म पुरुष हिंसा को बारेमा बोल्छु तपाइ महिला हिंसा को बारेमा बोल्नुस तर हामीले एक आपसमा झगडा गर्ने होइन, अन्यायमा परेको दुबै पक्षले न्याय पाउनुपर्छ ।

राज्यका तर्फबाट गरिनुपर्ने पहलहरु :

राज्यका तर्फबाट नि:शुल्क महिला अभिमुखिकरण,महिला सशक्तीकरण र बलात्कार रोकथाम सम्बन्धि स्वचेतना तालिम गाउँघरमा पस्किन आवस्यक छ । महिलालाई प्राविधिक शिक्षा र अन्य शैक्षिक क्षेत्रमा नि:शुल्क पठनपाठनको व्यवस्था राज्यद्वारा गरिनु पर्छ । एकघर एक महिला शिक्षाको अवधारणा ल्याउनु पर्छ ।

सरकारी तथा गैरसरकारी निकायमा महिला रोजगारलाई अझ प्राथमिकतामा राखिनु पर्छ ताकी हामी समान रुपमा हुनेछौं । हरेक सरकारी तथा गैर-सरकारी अस्पतालहरुमा हुने गर्बपतनका सेवा रोक्नु पर्छ । लुकिछिपी हुने यस्ता अपराधका घटना संलग्न दम्पती र अस्पताललाई हदै सम्मको कारबाही राज्य ले गर्नुपर्छ ।

दाउजोप्रथा,एसिड अपराध, स्त्रीदेह किनबेचमा संलग्न जो कोहिलाई राज्यले नियन्त्रणमा लिनपर्छ । जस्ले दाउजो बिना नै बिहे गर्छ उस्लाइ राज्यद्वारा प्रोत्साहन र उचित पुरुस्कारको समेत व्यवस्था गरिनुपर्छ । छाउपडी प्रथाको उन्मुलन गर्न प्रा.वि तहमा अनिवार्य मानव संरचनाको विषय समाबेश गरिनुपर्छ । साथै, नैतिक शिक्षा,अनुशासन र कानुनका केही पुस्तकहरु पनि समाबेश गरिनुपर्छ । जस्ले गर्दा अपराधका घटनालाई न्यूनीकरणमा थप सहजता मिल्ने छ ।

२०७७ साल फागुन १ गते शनिबार।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -