Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:२९ बिहान
- ADVERTISEMENT -

राजकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गर्ला ?

प्रकाशित मिति: २०७७ माघ २८, बुधबार

765
Shares

काठमाडौँ, बुधबार, २८ माघ २०७७ । नेकपा (दाहाल-नेपाल समूह)की नेतृ रामकुमारी झाँक्रीमाथि प्रहरीले निगरानी बढाएको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध गोरखाको सिराञ्‍‍चोकमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई इंकित गरेर विवादास्पद अभिव्यक्ति दिएपछि झाँक्रीलाई पक्राउ गर्न माग गर्दै नेकपा (ओली समूह) निकट अखिल नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो । सोही ज्ञापनपत्रका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको हो ।

उनी माथि भीभीआइपीलाई गालीगलौज गरेको अभियोगमा प्रहरीको साइबर ब्यूरोले निगरानी बढाएको छ । ‘अनेमसंघले राष्ट्रपति संस्थाप्रति गालीगलौज गरेको भन्दै ज्ञापन पत्र बुझाएको थियो । सोही आधारमा प्रहरीले सोधीखोजी गर्न खोजेको हो कि ?,’ गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘गृहले त्यो विज्ञप्ती प्रहरीलाई पठाइको थियो ।’

झाँक्रीले केही दिनअघि नेकपा सिरानचोक गाउँ कमिटी गोरखाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीको चरित्रमाथि नै प्रश्‍न उठाएकी थिइन् । ‘राष्ट्रपतिका कुरा त के गर्नु र ? बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे ! उनले भनेकी थिइन्, ‘त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ

यता नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले भने झाँक्रीविरुद्ध पक्राउपुर्जी जारी नभएको बताए । ‘उहाँलाई पक्राउ गर्नै भनेर पक्राउपुर्जी त जारी भएको छैन । साइबर ब्यूरोले खोजेको होला ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -