संसद बिघटनपछि देशमा युद्धको जस्तो माहोल सिर्जना भएको छ । पौष पाँच गते ओली सरकारले असबैधानिक रूपमा संसद विघटन गरेका थिए । त्यसपछि देशका सडकहरू युवाहरूको ती तातो पाइलाहरूले तातेका छ । रगत उम्लने गरि जिन्दावाद र मुर्दावादका नाराहरू दिनैजसो बढ्दो क्रममा छ ।
कहिले कुन पार्टीको बिरोध सभा कार्यक्रम त कहिले कुन पार्टीको विरोध सभा राखेका छन् । यी बिरोध कार्यसँग मेरो कुनै पनि गुनासो छैन तर, गुनासो त मलाई त्यहाँ निर छ कि, किन आफ्नो राजनीति स्वार्थको लागि सोझा साझी जनताको प्रयोग गर्नुहुन्छ ?
जब चुनाव आउछ, जनताको घरदैलोमा गयो । जनताहरूलाई खोक्रो आश्वासन देख्यौं अनि जनताले बहुमतको साथ जिताएर पठाए तर, आज आएर त्यै अमुल्य अभिमत कुल्चेर देशलाई अन्धकार तिर धक्लेर नै छोड्यौ है ?
देशमा अहिले यतिबेला दिनैजसो बृहत कार्यकर्ता भेल भएको देखिएको छ तर यस भेलामा अधिकांश जनतालाई पैसा र मासुभातको लोभ देखाएर एतिहासीक भेला भनेर भाषणमा सुनाउँछन् । नालायकहरू देशमा ,कोरोना भाइरसले जनताहरूलाई हातमुख जोड्न गार्हो भयो त्यतिबेला कम्युनिष्ट सरकार कुन दुलो भित्र पसेर बसेको थियो ?
लाखौं नेपाली घरमा जान कुनै साधन नपाएर भैतारिएको बेला एक छाक खाना र एउटा गाडी खोजेर पठाउन नसक्नेले, अहिले आफ्नो स्वार्थ हेरेर मासुभात र एसी भएको गाडीमा कार्यकर्ता भेलामा लिएर जाने तिमीहरू कदापि सक्कली कम्युनिष्ट हुन सक्दैनौं ।
यदि तिमीहरू सक्कली कम्युनिष्ट हौ भने मदन भण्डारी जस्तो नेता भएर देखाउ । इतिहास पढ्नुहोस् ! महोदय सच्चा सक्कली कम्युनिष्ट कसरी बन्न सकिन्छ भनेर ? अर्को कुरा जब पार्टी फुट्यो त्यसपछि प्रचण्ड र माधवकुमार नेपाल जसरी सडकमा ओर्लिएर “हामी यता छौ भन्यौं” तर जब निर्मला , सम्झाना बिक जस्ता नारी बलात्कृत हुदा पोस्टर लिएर निर्मला र सम्झाना बिक लाई न्यायको माग किन गरेनन् ,आखिर पद र कुर्सीको लागि नै राजनीति गरेको प्रस्ट हुन्छ महोदयहरू !
अब भन्नुस् नक्कली कम्युनिष्टहरू ,म जस्ता लाखौं युवाहरूले कसरी पत्ताउने कि तपाईंहरू देश बनाउनका लागि नै जनताबाट अमूल्य अभिमत लिएर जानुभएको हो भन्ने।









































