Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:०८:३७ बिहान
- ADVERTISEMENT -

नेपाल प्रहरीमा पनि १६ वर्षमै पेन्सन पाउने नियम बनाउन छलफल सुरु

प्रकाशित मिति: २०७७ माघ २७, मंगलबार

783
Shares

नेपाली सेनामा पेन्सन अवधिसम्बन्धि तल्लो दर्जाको माग सम्बोधन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले मध्यमार्गी निर्णय गराएका छन् । १६ वर्षमै जागिर छाडे पेन्सन अवधि पाइने तर त्यसको चार वर्षपछि मात्र पेन्सन लिन पाइने नियम बनाएर उनले तल्लो दर्जाको माग सम्बोधन गरेका छन् । सैनिक नियमावली संशोधन गरेर उनले यस्तो निर्णय गराएका हुन् ।

सेनाको यो निर्णयसँगै गृह मन्त्रालयमा समेत यसबारे छलफल हुन थालेको छ । सेनामा जस्तै प्रहरीमा पनि पेन्सनका लागि न्यूनतम सेवा अवधि २० वर्ष छ । जसलाई १६ वर्ष बनाउन अदालतमा मुद्दा समेत छ । देशका सुरक्षा निकायमा पेन्सन सम्बन्धि फरक फरक व्यवस्था हुन नहुने भन्दै प्रहरीमा पनि १६ वर्षमै पेन्सन अवधि बनाउन गृह मन्त्रालयले छलफल थालेको छ ।

प्रहरीमा दुःख धेरै, सुविधा कम र सरुवा ÷बढुवा समेत निष्पक्ष नहुने भएकाले तल्लो तहमा काम गर्ने प्रहरीहरु पेन्सन अवधि पुगेलगत्तै जागिर छाड्न चाहन्छन् । सरकारले उनीहरुको सेवा सुविधा बढाउन सकेको छैन । जसकारण राजिनामा दिने क्रम रोकिएको छैन । पेन्सन लिने र अन्यत्र जागिर खाने प्रवृत्ति सिपाही हवल्दारमा देखिन्छ ।

उता सुरक्षाकर्मीको रासनभत्ता भने बढ्ने भएको छ । गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतम नेतृत्वको समिति रासनभत्ता करिब ४० प्रतिशत बढाउन सिफारिस गरेको छ । यसले सुरक्षा निकायमा केही उत्साह बढ्ने अपेक्षा गृहको छ । विगत पाँच वर्षदेखि सुरक्षाकर्मीको रासनभत्ता बढ्न सकेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -