पाल्पाको तानसेन नगरपालिका १४ अर्गलीका गायक अलिफ खान पछिल्लो समय चर्चामा हुनुहुन्छ । सांगीतिक क्षेत्रमा १० वर्ष बिताउनुभएका अलिफ अहिले बल्ल चर्चामा आउनुभएको हो । केही युट्युब च्यानलमा अन्तवार्ता दिएपछि उहाँको चर्चा सुरु भएको हो । गायन र संगीतमा राम्रो दख्खल राख्ने उहाँको प्रतिभाको धेरैले प्रशंसा गरेका छन् ।
अलिफले भन्नुभयो, ‘राम्रो गीत गाउने अवसर पाएको छु । केही दिनमै सार्वजनिक हुनेछन् । त्यसपछि मात्र अन्य गीत गाउनेछु ।’ उहाँलाई आफूलाई माया गर्ने स्रोता दर्शकहरुका लागि केही दिन प्रतिक्षा गर्न आग्रह गर्नुभयो ।संगीतकार अर्जुनले अलिफलाई भाइरल भएकै कारण भन्दापनि प्रतिभा भएकै कारण सहकार्य गरेको बताउनुभएको छ ।







































