Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१७:१८ बिहान
- ADVERTISEMENT -

संसारकै पिरो खुर्सानी खाएर गिनिज बुकमा नाम

प्रकाशित मिति: २०७७ माघ २६, सोमबार

722
Shares

क्यारोलिना रिपर जातको खुर्सानी संसारकै सबैभन्दा पिरो खुर्सानी हो । यो खुर्सानी यतिधेरै पिरो हुन्छ कि यसले मानिसको ज्यानै लिनसक्दछ।

तर विश्व रेकर्ड कायम गर्ने धुनमा एकजना मानिसले यहीँ ज्यानमारा खुर्सानी कपाकप खाएका छन् । मात्र १० सेकेण्ड भन्दा कम समयमा तीनवटा क्यारोलिना रिपर खुर्सानी खाएर क्यानडाका एक युवाले विश्व कीर्तिमान कायम गरेका हुन् ।

माइक ज्याक नामक ती युवकले जस्तो सुकै पिरो खुर्सानी पनि सहजै खान सक्ने क्षमता राख्दछन् । नयाँ कीर्तिमान कायम राख्ने क्रममा उनले ९.७२ सेकेण्डमा तिनवटा खुर्सानी खाए ।

गत नोभेम्बरको २१ तारेखमा उनले क्यानडाको ओन्टारियोमा पर्ने लण्डन सहरमा आयोजित एक कार्यक्रममा उक्त कीर्तिमान कायम गरेका हुन् । उनलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले हालै आधिकारिकता प्रदान गरेको छ ।

कोरोना भाइरस महामारीका कारण लागू भएको सामाजिक दूरी सम्बन्धी नियमका कारण उनले घरभित्रै खुर्सानी खाने कार्यक्रमको आयोजना गरेका थिए । जहाँ दर्शकको रुपमा केवल उनकी पत्नी जेमी ज्याक थिइन् । जेमीले केवल दर्शकको मात्र नभई टाइम किपर र प्रशिक्षकको समेत भूमिका खेलिन् ।
रेकर्ड राख्ने प्रयोजनका लागि माइकले कम्तिमा ५ ग्राम तौलका ३ वटा क्यारोलिना रिपर खुर्सानी खानुपर्ने थियो । जुन उनले सफलतापूर्वक खाइदिए ।

स्मरण रहोस् अमेरिकाको पकरबट खुर्सानी कम्पनीले उत्पादन गर्ने क्यारोलिना रिपर खुर्सानी आधिकारिक रुपमा विश्वको सबैभन्दा पिरो खुर्सानी हो ।

यो खुर्सानीको पिरोपना १६४११८३ स्कोभिल्ले हिट युनिट छ । स्कोभिल्ले हिट युनिट चाहीँ खुर्सानीको पिरोपना नाप्ने इकाइ हो ।

यसको अर्थ कीर्तिमानी माइकले केही सेकेण्डमै ४९ लाख स्कोभिल्ले हिट युनिट हजम गरे जुन सामान्य मानिसको कल्पना बाहिर हो ।

स्मरण रहोस् माइक पिरा खुर्सानी खान खप्पिस छन् र उनले यसअघि पनि विभिन्न खाले खुर्सानी खाने प्रतियोगितामा भाग लिइसकेका छन् । उनको एक युट्युब च्यानल छ, जसमा उनले आफ्ना कीर्तिमानी कार्य र प्रयासका भिडियोहरु राखेका छन् ।

उनले यसअघि नै खुर्सानी खाने विभिन्न विधामा कीर्तिमान कायम गरिसकेका छन् । त्यसैले यो उनको चौथो विश्व कीर्तिमान हो । यसअघि उनले दुई मिनेटमा २४६ ग्राम भुट जोलोकिया जातको खुर्सानीको धुलो खाने, एक मिनेटमा ९७ ग्राम भुट जोलोकिया जातको खुर्सानीको धुलो खाने र मात्र ९.७५ सेकेण्डमा भुट जोलोकिया जातको खुर्सानीको धुलो खाने गरी तिनवटा कीर्तिमान आफ्नो नाममा बनाइसकेका छन् ।

भुट जोलोकिया खुर्सानीलाई भूत खुर्सानी पनि भनिन्छ र यो संसारका सबैभनदा पिरो खुर्सानी मध्ये एक हो । यद्यपि भुट जोलोकिया खुर्सानी क्यारोलिना रिपर जत्तिको पिरो चाहीँ हुँदैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -