स्पेनिस ला लिगामा बार्सिलोनाले जित हात पारेको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-२ गोलले पराजित गर्यो।
खेलको ३८ मिनेटमा इग्लेसियासले गोल गरेर बेटिसलाई अग्रता दिलाए।
दोस्रो हाफमा मैदान छिरेका लिओनल मेसीले ५९ मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल फर्काए। उनले मैदान छिरको तेस्रो मिनेटमा बराबरी गोल गरेका हुन्।
मेसीको यो सिजनको १६औं गोल हो।६८ मिनेटमा बेटिसका रुइजले आफ्नै पोस्टमा गोल गर्दा बार्सिलोनालाई फाइदा पुग्यो। तर उनै रुइजले ७५ मिनेटमा टिमका लागि गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए।
८७ मिनेटमा ट्रिकाओले बार्सिलोनाका लागि तेस्रो गोल गरे।
जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २१ खेलबाट ४३ अंक जोडेको छ।
समान अंक जोडेको तेस्रो स्थानको रियल म्याड्रिडको पनि ४३ अंक नै छ। शीर्ष स्थानको एट्लेटिको म्याड्रिडले १९ खेलबाट ५० अंक बटुलेको छ।









































