Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:३१:१० बिहान
- ADVERTISEMENT -

सामाजिक सञ्जालले देशको स्थायित्वमा असर पुर्‍याएको भन्दै फेसबुक बन्द

प्रकाशित मिति: २०७७ माघ २४, शनिबार

497
Shares

जेनेभा/नेइपिडअ, शनिबार, २३ माघ २०७७ । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले म्यान्मारमा भएको सैन्य ‘कु’ विफल पार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । उनले चुनावी नतिजा उल्ट्याउनु ‘अस्वीकार्य’ भएको बताउँदै ‘कु’ गर्नेहरूलाई शासन गर्ने तरिका बुझाउनुपर्ने देखिएको जनाए ।

‘यो ‘कु’ विफल तुल्याउनका लागि म्यान्मारमाथि पर्याप्त दबाब दिन अन्तर्राष्ट्रिय समुदायका प्रमुखलाई परिचालन गर्न हामी आवश्यक सबै कदम चाल्छौं,’ उनले भने, ‘जनचाहना र चुनावी परिणाम उल्ट्याउनु पूर्ण रूपमा अस्वीकार्य छ । म आशा गर्छु, म्यान्मारको सेनालाई देश चलाउने तरिका यो होइन भनेर बुझाउन सम्भव छ ।’

सैनिक ‘कु’ बारे राष्ट्रसंघीय सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्ने जनाइएको छ । तर, विज्ञप्तिमा ‘कु’ को निन्दा हुने कुनै पनि शब्द राख्न चीनले रोक्ने ठानिएको छ । महासचिव गुटेरेसले यस विषयमा सुरक्षा परिषद्मा एकता हुने आशा व्यक्त गरेका छन् ।

म्यान्मारको निकट सहयोगी चीनले सैनिक ‘कु’ को विरोध जनाएको छैन । म्यान्मारमा जारी पछिल्लो समस्या सहमतिका आधारमा टुंगो लगाउनुपर्ने चीनको धारणा छ । यसअघि सैन्य ‘कू’ को निन्दा गर्दै संयुक्त वक्तव्य निकाल्न चीनको अवरोधका कारण संयुक्त राष्ट्रसंघ विफल भएको थियो । मंगलबार बसेको सुरक्षा परिषद्को बैठकमा म्यान्मारका लागि राष्ट्रसंघकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै लोकतन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेकी थिइन् ।

सेनाले सत्ता हातमा लिनुअघि निर्वाचित नेतृ आङ सान सूचीलाई नियन्त्रणमा लिएको थियो । म्यान्मारको सेनाले सोमबार नियन्त्रण लिएपछि सूचीको अवस्थाबारे स्पष्ट जानकारी आएको छैन । तर, उनलाई राजधानी नेइपिडअस्थित उनकै घरमा नजरबन्दमा राखिएको अनुमान छ । म्यान्मारको प्रहरीले सुकीविरुद्ध विभिन्न अभियोगहरू लगाएको छ । उनीविरुद्ध निर्यातसम्बन्धी कानुन उल्लंघन गरेको तथा गैरकानुनी रूपमा सञ्चार उपकरण राखेको अभियोग लगाइएको हो । ती आरोपहरू प्रहरीले अदालतमा पेस गरेको एउटा उजुरीमा उल्लेख गरिएका बीबीसीले जनाएको छ ।

प्रहरीले राजधानी नेइपिडअस्थित सूचीको घर खानतलासी गर्दा सञ्चार उपकरण ‘वाकीटकी’ भेटिएको जनाएको छ । प्रहरीका अनुसार उक्त उपकरण गैरकानुनी रूपमा आयात गरिएको र बिनाअनुमति प्रयोग गरिएको हो ।

त्यसैगरी, राष्ट्रपति विन मिन्टलाई राष्ट्रिय विपत् व्यवस्थापन कानुन उल्लंघन गरेको आरोपमा मुद्दा चलाइएको छ । निर्वाचनका बेला कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएको नियम मिचेर २ सय २० वटा गाडीको लस्कर निकालेर समर्थक भेटेको भन्दै मिन्टविरुद्ध अभियोग लगाइएको हो ।

यसैबीच, म्यान्मारको सेनाले सामाजिक सञ्जाल फेसबुक बन्द गरेको छ । सामाजिक सञ्जालहरूले स्थायित्वको पुनःस्थापनामा बाधा पुर्‍याएका भन्दै सेनाले फेसबुक बन्द गरेको हो । फेसबुकमा खोलिएको एउटा पेजमार्फत लोकतन्त्र पक्षधरहरूले सोमबारको ‘कु’ विरुद्ध प्रदर्शन तथा र्‍यालीको तयारी गरेका थिए । सैनिक ‘कु’ को प्रतिकार गर्न र नागरिक अवज्ञा गर्न आह्वान गरिएको पेजमा दसौं हजारले लाइक गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -