काठमाडौं, शुक्रबार, २३ माघ २०७७ । पूर्व राजा ज्ञानेन्द्र शाहले (नेकपा) प्रचण्ड– नेपाल समूहले गरेको आमहड्तालको बिरोध गरेका छन् ।
बिहिवार बिहान सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै पूर्व राजाले जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्ने जीविका चलाउन पनि धौ धौ हुने तर्क गरेका छन् ।
उनले सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्नेमा जोड दिदै बन्द, हडताल वा जन विरोधी कृयाकलाप गर्न नहुने बताएका हुन् ।
‘जनताको दैनिकीमा ध्यान नदिइ आफ्नो राग अलाप्दै आत्मरतिमा रमाउने शासकहरु रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ,’ पूर्व राजाले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ, न कि बन्द, हड्ताल वा जनविरोधी कृयाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सैह्य हुन्न।’









































