Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:४५:३९ बिहान
- ADVERTISEMENT -

कार्यकर्ता नै नभएपछि नेताहरु आफैं सडकमा उत्रिए : प्रधानमन्त्री ओली

प्रकाशित मिति: २०७७ माघ २२, बिहीबार

720
Shares

काठमाडौं, बिहिबार, २२ माघ २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ता नभएपछि नेताहरु आफैं सडकमा उत्रिएको व्यङ्य गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा प्रधानमन्त्रीले यस्तो व्यङ्य गर्नु भएको हो ।

प्रधानमन्त्री ओलीले कार्यकर्ता सिद्धिएछन् अनि आफैं हामी यहाँ छौ भन्ने एउटा टाँसेर हिड्न थाल्नु भएको छ, भन्नुभयो– अनि गाडी रोक भनेर को उभिएको छ भनेर हेरेको त प्रचण्ड उभिइराखेको । उभिएको कस्तो ठाउँमा फेरि सातदोबाटोमा । साइनबोर्ड लिएर । कार्यकर्ता छैनन् सिद्धिएछन् ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाललाई लक्षित गर्दै भन्नुभयो–बाटाका छेउमा ल्याएर बेचिराखेको तरकारी सडकभरी फ्याकेर क्रान्तिकारिता देखाउनुभयो । अरुका गाडी जलाउनु भो आफू गाडी सयर भएर तमासा हेर्दै जनताले कति दुख पाएका छन् भन्दै गाडी चढेर तमासा हेर्दै हिड्नुभयो’ ओलीले भन्नुभयो ।

प्रचण्डले हामी यहाँ छौं भनेर अदालतलाई र निर्वाचन आयोगलाई धम्क्याएको ओलीले टिप्पणी गर्नुभयो ।

ओलीले कम्युनिष्ट आन्दोलनका सबैभन्दा ठूलो विरोधी प्रचण्ड–माधव समूह भएको आरोप समेत लगाउनुभयो । कम्युनिष्टकै खोल ओढेर कम्युनिष्ट आन्दोलनको विरोध गर्ने समूहले विगतमा पनि कम्युनिष्ट आन्दोलनलाई पटक–पटक बदनाम गर्ने काम गरेको दाबी गर्नुभयो ।

‘मान्छे बिग्रियो भने कहाँ पुग्छ ? आज कम्युनिष्ट आन्दोलनको सबैभन्दा ठूलो विरोधी को छ भने कम्युनिष्टकै बर्को ओडेर उहाँहरु बाटामा बस्नुभएको छ । कम्युनिष्टकै बर्को ओडेर बाटामा बस्ने र कम्युनिष्ट आन्दोलनकै सबभन्दा बढी विरोधी । लोकतन्त्र, कम्युनिष्ट आन्दोलन, कम्युनिष्ट एकताको विरोधी सबभन्दा को छ भन्दाखेरी कम्युनिष्टकै खोल ओढेकाहरु । विगतमा पनि दुःख दिए । विगतका आन्दोलनहरुलाई पटक–पटक बदनाम गराए वा ध्वस्त पारे । जनताले सुन्न नसक्ने गरि कम्युनिष्ट आन्दोलनलाई बदनाम गराए । कम्युनिष्ट आन्दोलन भनेको निर्दयी, हृदयहिन, मानवता नभएको स्वार्थका लागि जे पनि गर्न हुन्छ भन्ने खालको भन्ने प्रभाव दिने गरी उपद्रो मच्चाए ।’

प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अनावश्यक रुपमा हप्की–दप्की नगर्न र कानुनको पालना गर्न सुझावसमेत दिनुभयो ।

प्रचण्ड–माधव समूहले आक्रामक ढंगले अघि बढेर नियम तोड्नेभन्दै धाकधक्कु लगाउने गरेको र कानुन मान्दैननौं भनेर प्रहरी–प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिँदै हिडेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब ‘कानून मान्दिनँ’ भन्ने जमाना नभएको बताउनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -