Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
११:५३:१० राति
- ADVERTISEMENT -

काम नलाग्ने भयो २८ करोड रुपैयाँ बराबरको मल

प्रकाशित मिति: २०७७ माघ २१, बुधबार

536
Shares

पर्सा – साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो देशबाट आयात गरि नेपाल भित्र्याएको छ हजार ६ सय मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार दुई सय ५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । गएकाे भदौ ६ गते वीरगञ्जको सिर्सियामा रहेकाे सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँच पास हुन सकेको छैन । २८ करोड रुपैयाँ मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको मल काम नलाग्ने भएपछि यसको जिम्मेवारी कर्पोरेशनले लिन नसक्ने क्षेत्रीय प्रबन्धक अमोज लामिछानेले बताउनुभयो ।

कम्पनीले आयातकर्ता स्वीस सिङ्गापुरमार्फत त्याे मात्रामा मल मगाएको हो । त्याे मल सुक्खा बन्दरगाह भन्सार कार्यालयको ‘यार्ड’ मा यत्रतत्र छरिएको अवस्थामा छ । त्यस मलको आपूर्तिकर्ता स्वीस सिङ्गापुरमार्फत साल्ट ट्रेडिङ कर्पोरेशनले भारतको कोलकाता बन्दरगाहबाट रेलमार्ग भएर वीरगञ्जको सुक्खा बन्दरगाह यार्डमा ल्याएको हो तर ती मल भिजेको र डल्लो परेकाले भन्सार जाँच पास गर्न अयोग्य भएको भनेर जाँच पास हुन सकेको छैन ।

सिङ्गापुर पानीजहाजमार्फत भारतको कोलकाता बन्दरगाहमा ल्याइ पुर्‍याइउकाे र त्यहाँ राखिएको अवस्था असार–साउनतिर बङ्गालको खाडीमा आएको आँधीका कारण मल भिजेको हुन सक्ने प्रमुख लामिछानेले भन्नुभयो, ‘भिजेकै अवस्थामा रेलमार्गबाट वीरगञ्ज आएकाले त्यसकाे जिम्मा नेपाल सरकार र कर्पोरेशनले जिम्मेवारी लिँदैन ।’

भिजेको र डल्लो परेको ती मलको सम्पूर्ण जिम्मेवारी आयातकर्ता स्वीस सिङ्गापुरले लिनुपर्ने र ती मलको भुक्तानी भने सरकार तिर्न नसकिने बताइएको छ । भिजेर बिग्रिएको अवस्थामा ती मल आएकाले जाँच पास हुन नसकेको भए पनि कुनै प्रयोजनका लागि प्रयोग योग्य भएमात्र जाँच पास गरिने सुक्खा बन्दरगाह कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो ।

ती रासायनिक मल खुला आकाशमुनि रेल्वे लिक वरिपरि, गोदाम एवं यार्डमा जही तहीँ छरिएको अवस्थामा रहेकाले यार्डभित्र अन्य सामान राख्न समस्या परेको बताइएको छ । ठूलो परिमाणमा रासायनिक मल भएकाले त्यसलाई नष्ट गर्न समस्या हुने, अयोग्य मालवस्तुको जाँच पास गर्न कानुनी प्रावधान नभएकाले त्यस्ता मललाई नष्ट गर्ने प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।

नेपाल सरकारको प्रति बोरा एक सय ३२ रुपैयाँ २० पैसा अनुदान रकममा आयात भइ नेपाल भित्रिएको ती मल भिजेर डल्ला परेकाले किसानसम्म पुग्न सकेन । डलरमा प्रतीत पत्र खोलेर तेस्रो देशबाट मल ल्याइएकाले नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपालमा मालसामान आइपुगेको देखाउनुपर्ने कानुनी प्रावधान रहेकाले भिजेको मल भारतको कोलकाता बन्दरगाहबाटै नफर्काइ आयात गरिएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -