Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१४:१२ बिहान
- ADVERTISEMENT -

आश्चर्य मान्दै प्रधानमन्त्रीले सोधे : अझै बनिसकेको छैन मुलपानीको रंगशाला ?

प्रकाशित मिति: २०७७ माघ २०, मंगलबार

545
Shares

काठमाडौं, मंगलबार, २० माघ २०७७ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार ‘खेलकुदसँग प्रधानमन्त्री’ कार्यक्रम गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले खेल क्षेत्रबारे आफ्नो धारणा राखे, सहभागीहरुबाट केही लिखित प्रश्न पनि लिए ।

त्यमध्ये एक प्रश्न थियो, मुलपानी क्रिकेट रंगशाला कहिले सम्पन्न हुन्छ ?

लिखित प्रश्न पढेपछि उनले प्रतिप्रश्न गरे, अझै बनिसकेको छैन त्यो ? (हलमा हाँसो)

मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो । अब छिट्टै बन्छ ।’

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेका खेलाडीहरुलाई मानपदवीमा भएको विभेदबारे सोधिएको प्रश्नमा पनि प्रधानमन्त्रीले कसैले पाएन ? भन्दै अनविज्ञता प्रकट गरे । राखेप सदस्य सचिव सिलवालले ‘केहीले पाए, केहीले पाएनन्’ भनेपछि प्रधानमन्त्री ओलीले आगामी दिनमा ध्यान दिउँला भनेका छन् ।

२०/२५ वर्षदेखि कर्मचारीहरु नभएको विषयमा सोधिएको प्रश्नमा पनि उनले अनविज्ञता प्रकट गरे । उनले आश्चर्यभावमा सोधे, किन बढुवा गर्ने ठाउँ नै रहेछ कि क्या हो ? (हलमा हाँसो)

प्रधानमन्त्रीले अघि भने, कहिले कहिले ठाउँ हुँदैन के ! खेलकुद परिषद्को अध्यक्ष भइसकेपछि फेरि उपाध्यक्षमा बढुवा गर्न भएन क्या रे ! त्यस्तै हो भने नत्र बिसौं वर्षदेखि कसरी बढुवा भएन ?’

हलबाट पनि आवाज आयो । सदस्य सचिव सिलवालले पनि २०६३ सालदेखि बढुवा रोकिएको छ भनेर जानकारी गराए । प्रधानमन्त्रीले फेरि सोधे, २०/२५ वर्षदेखि बढुवा भएको छैन ? हलबाट एक स्वर आयो, छैन ….

त्यसपछि प्रधानमन्त्री ओलीले यसबारे पूर्ण रिपोर्ट पेस गर्न खेलकुदमन्त्रीलाई निर्देशन दिए । उनले नयाँ नियुक्ति पनि आवश्यकताका आधारमा हुँदै जाने बताए । मन्त्री, सदस्य सचिवले आफ्ना मान्छे भर्ना गर्ने प्रचलन रहेको भन्दै उनले भने, ‘चाहिएर भर्ना गर्ने रोकिँदैन, तर जनकपुर चुरोटकारखाना जस्तो बनाउनु हुँदैन ।’

अर्को प्रश्न थियो, सातै प्रदेशमा एकएक रंगशाला बनाउने भनिएको थियो, रकम अभावले दशौं वर्ष लाग्ने भयो ।

अझै बनिसकेको छैन त्यो ?

मञ्चमा भएका राखेप सदस्य सचिव रमेश सिलवालले अब दुई वर्ष लाग्छ भनेपछि प्रधानमन्त्री ओलीले भने, धेरै वर्ष भइसक्यो । अझै बनेको छैन भन्दा अचम्म लाग्यो ।

प्रधानमन्त्रीले त्यस्तो नभएको बताए । तर केही ठाउँमा अनानवश्यक विरोध भएको बताए । झापामा आफ्नै पहलमा रंगशाला बनाउन खोजेको भन्दै उनले भने, मलाई जस जान्छ भनेर केही मान्छेहरु अवरोध सिर्जना गर्न लागेका छन् ।’

कार्यक्रममा प्रधानमन्त्री ओलीले पक्षधरता विना नै प्रशिक्षक छनौट गर्ने काम परिषद्को भएको र प्रशिक्षक एवं खेलका लागि खेलाडी चयन गर्दा स्वर्ण पदकलाई मात्रै प्राथमिकतामा राख्नुपर्ने बताए । विगतमा जित्न सक्ने खेलाडी छनौटमा नपरेका गुनासो आएको भन्दै उनले पदाधिकारी र छनौटकर्ताहरुलाई तालिमदेखि खेल प्रतियोगितासम्म खेलाडी छनौटमा भेदभाव नगर्न सुझाव दिए ।

हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिल्यै नहारेको देश भएकाले खेल पनि जीतका खेल्न आग्रह गरे । ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा (हातले इशारा गर्दै) डल्लासँग किन हार्नै ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -