Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:१७:३५ बिहान
- ADVERTISEMENT -

नि:शुल्क डेलिभरीसहित अनलाइन सपिङ मुकुण्डो डटकम सञ्चालनमा

प्रकाशित मिति: २०७७ माघ १९, सोमबार

614
Shares

काठमाडौं, १९ माघ २०७७ । अनलाइन सपिङका लागि ई-कमर्स कम्पनी मुकुण्डोडटकम सञ्चालनमा आएको छ । किनमेल संस्कृतिलाई बढावा दिन अनलाइन सपिङका रूपमा सोमबारदेखि मुकुन्डो सञ्चालनमा ल्याएको एमबीएसवाईएस ग्रुपले जनाएको छ ।

अमेरिका र नेपालमा रहेर विभिन्न पेसा व्यवसायमा संलग्न नेपाली युवाहरूले सुरु गरेको यो कम्पनी एमबीएसवाईएस ग्रुपको पहिलो भेन्चर भएको दाबी गरिएको छ । मुकुण्डोले ग्राहकलाई गुणस्तरीय सामान र उच्चस्तरीय ग्राहक सेवा उपलब्ध गराउने कम्पनीका बिजनेस तथा मार्केटिङ निर्देशक यदुनन्दन भट्टराईले बताए ।

मुकुण्डोबाट सामान अर्डर गर्दा हाललाई काठमाडौं उपत्यकाका ग्राहकले कुनै पनि डेलिभरी चार्ज तिर्नु नपर्ने भट्टराईले बताए । एक वर्षभित्र मुकुण्डको सेवा नेपालभर बिस्तार गर्ने दाबीसमेत कम्पनीले गरेको छ ।

मुकुण्डोडटकमबाट खरिद गरेको सामानको भुक्तानी नेपाल तथा विदेशका बैंकले जारी गरेका मास्टर र भिसा कार्डबाट समेत गर्न सकिने उल्लेख गरिएको छ । ई-सेवा, आईएमई पे, खल्ती, फोन पे, प्रभु पे, सेल पे, कनेक्ट आईपीएसबाट समेत सामानको अनलाइन भुक्तानी गर्न सकिनेछ ।

कम्पनीले सकेसम्म चाँडो डेलिभरी, उपत्यकाभित्र फ्री-डेलिभरी, इजी रिटर्न, क्यास अन डेलिभरीका साथै रिवार्ड र लोयल्टी प्वाइन्टजस्ता सुविधाहरूसमेत रहेको जनाएको छ ।

म्पनीले अभिनेत्री स्वस्तिमा खड्कालाई ब्राण्ड एम्बेस्डरका रूपमा नियुक्त गरेको छ । एक वर्षभित्रमा देशभर सामान डेलिभरी गर्ने उद्देश्य राखेको मुकुण्डोमा ग्राहकले सामान खरिद गर्दा त्यसबाट केही रकम गरिब तथा असहाय बालबालिकाको शिक्षामा खर्चिनेसमेत प्रतिवद्धता व्यक्त गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -