Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१३:२७ बिहान
- ADVERTISEMENT -

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

प्रकाशित मिति: २०७७ माघ १९, सोमबार

590
Shares

काठमाडौँ, सोमबार, १९ माघ २०७७ । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा विश्वविद्यालय पुगेको हो ।

विश्वविद्यालयको तयारीअनुसार अब स्नातक तहको शैक्षिक सत्र फागुन महिनाबाट सुरु गरिने छ । यसअघि मङ्सिर महिनाबाट स्नातक तहको पठनपाठन सुरु गर्ने विश्वविद्यालयको नियम रहे पनि तीन महिनापछाडि सार्नुपर्ने अवस्था देखिएको विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जानकारी दिनुभयो ।

आगामी वर्षदेखि पनि स्नातक तहको शैक्षिक सत्र फागुनलाई नै मानिने भएको छ । यस वर्ष पनि विश्वविद्यालय मातहतका अध्ययन संस्थान तथा सङ्कायहरूले फागुनलाई नै आधार मानेर विद्यार्थी भर्ना कार्यक्रम प्रकाशित गर्ने भएका छन् । नियमित पठनपाठन १० महिना सकाएर १२ महिनामा वार्षिक परीक्षा सक्ने विश्वविद्यालयको तयारी छ ।

यस पटक राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको नतिजा पनि छिट्टै प्रकाशित गर्दैछ । बोर्डले गत मङ्सिर दोस्रो साता कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो । बोर्डको कार्यतालिकालाई मिलाएर स्नातक तहको भर्ना खोलिएको जानकारी शिक्षाध्यक्ष भुसालले दिनुभयो । कक्षा १२ को नतिजा प्रकाशन र स्नातक तहको नयाँ भर्ना खोल्ने समयका बीचमा एक दुई महिनाभन्दा बढी फरक नहुने गरी मिलाइने जनाइएको छ ।

यसका साथै विश्वविद्यालयले स्नातकोत्तर तहमा वैशाख अन्तिमबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने भएको छ । यसअघि चैतमा स्नातकोत्तर तहको शैक्षिक सत्र सुरु गर्ने गरिए पनि अब भने वैशाखबाट मात्रै शैक्षिक सत्र सुरु गर्ने तयारीमा आफूहरू पुगेको जानकारी शिक्षाध्यक्ष भुसालले दिनुभयो ।

हाल विश्वविद्यालयमा स्नातक तहका वार्षिक परीक्षाका कार्यक्रम सञ्चालन भइरहेका छन् । यसका आधारमा पनि स्नातकोत्तर तहको शैक्षिक सत्र वैशाखमै पुग्ने स्थिति देखिएको उहाँको भनाइ छ ।

स्नातकोत्तर तहमा एक डेढ महिना मात्रै शैक्षिक सत्र परिवर्तन गर्नुपर्ने अवस्था रहेको जानकारी विश्वविद्यालयले दिएको छ । विश्वविद्यालयले कार्यरत आंशिक शिक्षकसँग भएको सहमति कार्यान्वयनका लागि मातहतका क्याम्पसहरूलाई परिपत्र गरेको छ । आंशिक शिक्षकलाई शिक्षण सहायक बनाउँदा आवश्यक पर्ने प्रावधान, प्रतिक्रेडिट तथा वार्षिक प्रणाली अनुसार शिक्षकले प्रतिपिरियड पाउने सुविधाको विषय कार्यान्वयनमा ल्याउन क्याम्पसलाई परिपत्र गरिएको हो ।

त्रिवि कर्मचारी प्रशासन महाशाखाका प्रमुख वैकुण्ठप्रसाद थपलियाका अनुसार क्याम्पसको आन्तरिक स्रोतको अवस्था, कार्यबोझ समेतका आधारमा आंशिक शिक्षकलाई शिक्षण सहायक सरहको पदमा नियुक्त गर्न सकिनेछ । तर यसका लागि विश्वविद्यालयको स्वीकृति आवश्यक पर्नेछ । यसका लागि क्याम्पसले आफ्नो स्रोतले धान्न नसक्ने तर शिक्षण सहायक पदमा नियुक्ति गर्नुपर्ने अवस्था देखिएमा त्यसको समेत पुष्टि हुने गरी सिफारिस गर्नुपर्ने जनाइएको छ ।

यसका साथै तत्कालका लागि प्रतिक्रेडिट १७ हजार चार सय रुपियाँ र वार्षिक परीक्षा प्रणालीअनुसार प्रतिपिरियड ५९० रुपियाँका दरले बढीमा १५० घण्टाको पारिश्रमिक पाउने गरी लागू गर्नसमेत विश्वविद्यालयले निर्देश गरेको छ । गोरखापत्र

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -