Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:५० बिहान
- ADVERTISEMENT -

तत्कालिन बनमन्त्री शक्तिको कमिसनको खेल!

प्रकाशित मिति: २०७७ माघ १५, बिहीबार

921
Shares

काठमाडौं, बिहिबार, १५ माघ २०७७ । ‘हरियो बन नेपालको धन’ भन्ने गरिएको नेपालमा गत बैशाख यता करिब आठ अर्बको काठ मलेसिया, वर्मा लगायतका विदेशबाट भित्रिएको छ ।

उता जंगल भने अर्बाैंको काठ कुहिएको छ । बन क्षेत्रका जानकारहरु तत्कालिन बन मन्त्री शक्ति वस्नेतका कारण त्यो स्थिति सृजना भएको दावि गर्छन् ।

नेपालको बन जंगलमा काठ कटान तीब्र भएको भन्दै तत्कालिन मन्त्री बस्नेतको प्रस्तावमा मन्त्रीपरिषद्ले गत जेठ १५ गते बनजंगलबाट रुख कटान सङ्कलन ढुवानी र ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । त्यो निर्णयको चर्काे विरोध भएपछि जेठ २८ गते सालबाहेकका अन्य प्रजाति काठको सङ्कलन ढुवानी खुलाउने निर्णय गरिएको थियो । मन्त्री वस्नेतले काठका ठूला व्यापारीहरुको प्रलोभनमा परेर त्यो निर्णय गरेको सरोकारवालाहरुले दावि गर्दै आएका छन् ।

उनीहरुका नेपालको काठ संकलन हुन नदिई जंगलमै कुहाउने र विदेशबाट काठ मगाउंदा कमिसनको निकै ठूलो खेल हुन्छ । ‘देशभरका साना उद्योगि व्यवसायीले कमिसन तिर्न सक्दैनन् । तर, आयात गर्ने व्यापारीहरुले ठूलो कमिसन दिन सक्छन् । उनीहरुकै प्रलोभनमा परेर स्वदेशका जंगलको काठ कुहाउने र विदेशबाट काठ ल्याएर कमिसन बटुल्ने धन्दामा मन्त्री लाग्दा नेपालको काठ उद्योग ध्वस्त भयो’ एक व्यवसायीले भने । उनका अनुसार १० अर्व बराबरको काठ आयात गर्दा कम्तिमा पनि ५०,६० करोड असुल गरिएको छ ।

यस अघि दीपक बोहोरा बन मन्त्री हुंदा पनि त्यसरी स्वदेशी जंगलको काठ संकलन गर्न रोक लगाएर विदेशबाट गरिने आयातलाई सहजीकरण गरिदिएर अर्बाैं रकम हिनामिना गरिएको थियो । वस्नेतले पनि बोहोराकै शैली अपनाउंदै स्वदेशी काठ र उद्योगी व्यवसायीलाई धराशायी गर्दै विदेशबाट काठ ल्याउन भूमिका खेलेका थिए । काठ चोरी निकासी भएको भन्ने आरोप लगाएर संकलन गर्न रोक लगाइए पनि दोषिहरुको पहिचान र उनीहरुमाथि कारवाही गर्न पट्टि कुनै ध्यान नदिई एकोहोरो विदेशबाट काठ ल्याउन जोड गरिएकोले पनि त्यस पछाडिको रहस्य स्पष्ट हुन्छ ।

‘तत्कालिन मन्त्री बस्नेतको निर्णयले हजारौं उद्योगिहरु र करिब अढाई लाख मजदूरको विचल्ली भयो । नेपालका जंगलमा काठहरु कुहिने र विदेशबाट महंगो मूल्यमा खरिद गरेर आफ्नो स्वार्थ पुरा गरियो ।’ नेपाल बन पैदावार उद्योग महासंघका अध्यक्ष श्याम सुन्दर ढकालले भने ।

वस्नेत हटेर प्रेम आले बन मन्त्री बनेपछि माघ ११ गतेको वैठकले ‘वैज्ञानिक बन’हरु वाहेकका अन्य बनबाट काठको संकलन र ढुवानी खुला गर्ने निर्णय गरेको हिजो बुधबार बन मन्त्रालयले सार्वजनिक गरेको छ । तर, त्यसबाट पनि समस्या समाधान नहुने महासंघका अध्यक्ष ढकालको भनाइ छ ।

‘काठका मुख्य स्रोत भनेकै सरकारले बैज्ञानिक बन भनेर तोकेका क्षेत्रहरु हुन् । ती बनहरुमा खुला नगर्दासम्म अवस्था सुधार हुदैन । त्यसैले सरकारले तुरुन्त काठको संकलन र कारोबारलाई फुकुवा गर्नुपर्छ’ ढकालको भनाइ छ । विदेशी काठको आयात बढ्दा विदेशी मुद्रा बाहिरिएको र काठको चोरी तस्करी बढेको तथा काठको अभावमा स्टिल आल्मुनियमको प्रयोग बढेर काठ व्यवसाय नै धरापमा परेको व्यवसायीहरुको भनाइ छ । ‘हामीले सरकारले तोकेको मापदण्ड भित्रै बसेर काम गर्ने हो ।

कसैले बदमासी गर्छ भने त्यसलाई नियन्त्रण गर्ने सरकारको जिम्मेवारी हो । तर, कहीँ कतै कसैले वदमासी गर्यो भन्दैमा सिंगै काठ व्यवसायलाई धरापमा पर्ने कुरा उचित होइन, हुनै सक्दैन’ ढकालको भनाइ छ ।जनता पाती बाट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -