Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:२८:४० बिहान
- ADVERTISEMENT -

गोरखाको पालुङटार , सिरानचोक, लमजुङको राइनास नगरपालिकासहित लामो साइकल दौड प्रतियोगिता आयोजना

प्रकाशित मिति: २०७७ माघ १३, मंगलबार

574
Shares

गोरखा, गोरखाको पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकासहित लामो साइकल दौड प्रतियोगिता हुने भएको छ ।

आगामी फागुन ७ गते गोरखाको पालुङटार गाउँपालिका, सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिकालाई समेत जोडेर ५५ किलोमिटर लामो साइकल दौड प्रतियोगिता आयोजना गर्न लागिएको पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिनुभयो ।

सिरानचोक कोट तत्कालीन गोरखा राज्यको रक्षा किल्लाको रुपमा रहेको थियो भने लमजुङको राइनास कोटबाट द्रब्य शाह लिगलिग कोट आएर त्यो क्षेत्र जितेर त्यहीँ राज्य गर्न थालेको भन्ने इतिहास रहेको छ । सोही क्षेत्रलाई समेटेर साइकल दौडसम्बन्धी अन्तर्राष्ट्रिय मान्यतालाई समेत कायम राखी नेपाल साइक्लिङ संघको नियम अनुसार खेल खेलाउने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रमा नेपाल टुरिजम बोर्ड र पालुङटार नगरपालिकालाई प्रायोजकको रुपमा राखिएको छ भने मुख्य आयोजक लिगलिग भिलेज स्पोर्टस् रहेको छ ।

पालुङटार नगरपालिकाका प्रमुख कँडेलले कोरोना भाइरसका कारण बाहृय पर्यटकहरूको संख्या अत्यन्त न्यून भएपछि आन्तरिक पर्यटन प्रबर्द्धनको लागि साहसिक खेल प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । यसमा ऐतिहासिक लिगलिगकोटलाई केन्द्रमा राखेर प्रतियोगिता आयोजना गरिएको उहाले बताउनु भयो ।

पालुङटार नगरपालिकाको लिगलिग कोटबाट सुरु हुने साइकल दौड प्रतियोगिता कुल ५५ किलोमिटरको हुने आयोजकले जनाएको छ ।

प्रजातन्त्र दिवस (फागुन ७) लिगलिगकोटबाट सुरु गरेर विभिन्न ठाउँ हुँदै फेरि लिगलिगकोटमा नै आएर अन्त्य गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

प्रतियोगितामा सहभागी हुने नेपाली नागरिकाको लागि जनही १५०० रुपैयाँ, सार्कका नागरिकको लागि ५००० र सार्क मुलुकभन्दा बाहिरका नागरिकको लागि १० हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्ने व्यवस्था छ । सबैलाई सोही पैसाबाट खान र बस्नको व्यवस्था एवं डुम्रेबाट गाडीमा पिकअप गर्ने व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा कूल ३२ प्रतिस्पर्धीलाई पुरस्कृत गर्ने तयारी गरिएको छ । प्रायोजक पालुङटार नगरपालिकाका अनुसार सबैभन्दा धेरै पाउनेले २५ हजार रुपैयाँदेखि न्यूनतम एक हजार रुपैयाँसम्मको पुरस्कार राशिको साथमा मेडललाई पुरस्कारको रुपमा तोकिएको छ ।

आगामी फागुन ७ गते पालुङटारस्थित लिगलिग कोटबाट सुरु हुने साइकल दौड गोरखा एवं लमजुङको विभिन्न स्थानमा परिक्रमा गर्दै लिगलिग कोटमा नै आएर सम्पन्न गरिने भएको छ ।

साइकल दौड बयापानी, मुकुनडाँडा, रिपगाउँ, आँपपिपल अस्पताल, पाथीभरा, मिर्दीखोला, भण्डारथोक, ओख्लेपुल, लमजुङको राइनास नगरपालिका गरमबेसी, चेपे दोभान, पुरानो एयरपोर्ट, ताल पोखरी, राधाकृष्ण मन्दिर, पालुङटार नगरपालिकाको कार्यालय, हात्तीगौंडा, लुइँटेल गाउँ, बलडाँडा, बोहोरा गाउँ हुँदै फेरि लिगलिगकोट आइपुग्ने रुट तोकिएको छ ।

दौडमा सहभागी हुनको लागि माउन्टेनबाइक अनिवार्य गरिएको छ  ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -