काठमाडौं, सोमबार, १२ माघ २०७७ । बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि पानीको फोहोरा र लाठीचार्ज गरेको छ ।
प्रतिगमनविरुद्ध प्रदर्शन गर्दै बालुवाटार पुगेका नागरिक अभियन्ताहरुमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहरा बर्साएको छ ।
अभियन्ताहरुले नाराबाजी समेत गरेको र निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै पानीको फोहोराले हानिएको प्रहरीले जनाएको छ । केहि अभियन्ताहरु घाइते भएका छन् ।
सोमबार कमलपोखरी बचाउ अभियानका अभियन्तासहितको सहभागीले कमलपोखरीको माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरेको थियो ।








































