Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:४३:२३ बिहान
- ADVERTISEMENT -

३९ हजार गणक तथा आठ हजार सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन

प्रकाशित मिति: २०७७ माघ १२, सोमबार

689
Shares

काठमाडौँ, सोमबार, १२ माघ २०७७ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ मा तथ्याङ्क सङ्कलन गर्ने गणक तथा सुपरीवेक्षकका लागि अनलाइन प्रणालीमार्फत आवेदन लिन थालेको छ ।

विभागले आज पत्रकार सम्मेलनमार्फत उक्त प्रणाली झण्डै ३९ हजार गणक र आठ हजार सुपरीवेक्षक करारमा नियुक्ति गरिने जनाएको छ । गणक तथा सुपरीवेक्षकमा स्थानीय व्यक्तिलाई दिने गरी राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ अनुसार अनलाइनमार्फत गणक र सुपरीवेक्षक भर्ना गर्न लागिएको हो ।

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले वैशाखमा निर्वाचन भए पनि त्यसले जनगणनालाई धेरै असर नगर्ने बताए । यो राष्ट्रिय महाअभियानका रुपमा रहेको जनगणना सफल बनाउन सबैले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “सर्वसाधारणदेखि विशिष्ट व्यक्तिसम्म सबैको उत्तिकै भूमिका रहेको छ ।”

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले विगतमा गणक र सुपरीवेक्षकका लागि आवेदन दिन दिनभर लाम बस्नुपर्ने भए पनि अनलाइनमा जाँदा त्यो हट्ने बताए । आगामी वर्ष हुने जनगणनामा गणक र सुपरीवेक्षक गरी झण्डै ५२ हजार आवश्यक पर्ने देखिएको छ । उनले भने, “धेरै करारमा नियुक्त गरिने छ भने जनशक्ति अपुग भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक र सरकारी कर्मचारीबाट लिन सकिने छ ।”

आजदेखि शुरु भएको अनलाइन आवेदन इच्छुक व्यक्तिले ६० दिनसम्म भर्न सक्नेछन् । चैतमा प्रदेश र जिल्लामा जनगणना कार्यालय खोलिने भएकाले छुटेका व्यक्तिले एक साताभित्र ती कार्यालयमा पनि फारम भर्न सकिने व्यवस्था मिलाइने विभागले जनाएको छ ।

फारम निःशुल्क हुने र गणक र सुपरीवेक्षक दुवै पदका लागि स्नातक तह वा सो सरहको शैक्षिक योग्यता चाहिने बताइएको छ । उम्मेदवारले प्राथमिकताका आधारमा आफूले काम गर्न चाहेको दुई क्षेत्र उल्लेख गर्न सक्नेछन् भने छनोटमा परेका उम्मेदवारलाई स्थायी बसोबास भएको ठेगानामा काम गर्न प्राथमिकता दिइनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -