Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२८:२५ बिहान
- ADVERTISEMENT -

‘वडासम्म महिलाको सहभागिता अनिवार्य’ : पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा

प्रकाशित मिति: २०७७ माघ ११, आइतबार

600
Shares

काभ्रेपलाञ्चोक, आइतबार, ११ माघ २०७७ । पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सङ्गठन विस्तार अभियानमा वडा कमिटीसम्म ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोकको दुईदिने जिल्ला कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमलाई आज बनेपामा सम्बोधन गर्दै पार्टीको जिल्ला सचिवालयमा पनि ३३ प्रतिशत महिलाको अनिवार्य प्रतिनिधत्व गराइने दाबी गर्नुभयो ।

“वडासम्मको पार्टी कमिटीमा अनिवार्य ३३ प्रतिशत महिलाको सहभागिता गर्नैपर्छ, त्यसमा पनि सक्षम महिलाको सहभागिता होस्”, नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले भन्नुभयो । उहाँले महिलाको नेतृत्व क्षमताको विकासमा पार्टीले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले यसअघि पार्टी सञ्चालनका दौरान महिला सहभागिता ‘छुट्ने÷छुटाउने’ प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्नुभयो ।

बाँस्कोटाले हरेक कार्यक्रम, भेलामा पनि महिला सहभागितालाई सुनिश्चित गराउन सबैले आ–आफ्नो स्थानबाट पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठन निर्माणमा महिलाको सुनिश्चितता मूलमन्त्र बनाउनुस्, सहभागिता अनिवार्य हुनेछ ।” नेकपा पार्टी सङ्ठन विस्तारका क्रममा रहेकाले ‘गुट होइन पार्टी’ निर्माणको सिद्धान्तमा अभियान सञ्चालन भइरहेको उहाँले बताउनुभयो ।

बाँस्कोटाले पछिल्लो समय नेकपाको केही नेताको राष्ट्रियता र सामाजवादभन्दा ‘पद–पद–पद’को कसरतले जनताको अभिमत चकनाचुर पारेको आरोप लगाउनुभयो । “केही नेताका देखिएको प्रवृत्तिले नेकपामा अविश्वास पैदा भयो, नेकपा त्यस्तो पार्टी होइन, मै खाऊँ–मै लाऊँ र सुखसयल वा माेज म गरूँ भन्ने”, उहाँले भन्नुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रियताका कारण पूर्वमाओवादी, विद्रोही समूह, आम श्रमिक वर्ग र आम नेपालीलाई प्रतिनिधित्व गर्ने भएकाले सङ्गठन विस्तार एवं पार्टी प्रवेश कार्यक्रम उपलब्धिमूलक भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्यत्रय रामहरि सुवेदी, रेशम लामा र रीता ढकाल, जिल्लाध्यक्ष अशोक ब्याञ्जूले प्रम ओलीले जनताको सार्वभौमिकता जनतामै लगेकाले स्वागत गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सो अवसरमा विप्लव माओवादीका केन्द्रीय सदस्य हालै नेकपामा नवप्रवेशी चूडामणि चौलागाईँले प्रम ओलीको राष्ट्रवाद र राष्ट्रियताले जनताको मन जितेको दाबी गर्नुभयो ।

बैठकले हाल प्रतिनिधि तथा प्रदेश निर्वाचन क्षेत्र कमिटीअन्तर्गत पार्टी इन्चार्ज, सहइन्चार्ज तथा आउँदो फागुन मध्यसम्म काभ्रेपलाञ्चोकको १३ स्थानीय कमिटीका १६५ वडा कमिटी घोषणा गर्ने निर्णय गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -