Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२१:५३ बिहान
- ADVERTISEMENT -

एकसाता भित्रै १५५१ जनाको केन्द्रिय कार्यसम्पादन समिति र १२१ देखि १५१ जना सम्मको सचिवालय घोषणा

प्रकाशित मिति: २०७७ माघ ८, बिहीबार

743
Shares

काठमाण्डौ, बिहिबार, ८ माघ २०७७ । पार्टी विभाजनपछि कतै नलागि एकता अभियान संचालन गर्ने घोषणा गरेका वामदेव गौतमले माक्र्सवाद–लेनिनवाद र जनताको वहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्त बनाउने स्पष्ट पारेका छन् । त्यही अनुसार तयार पारिएको दस्तावेज छपाईको काम अहिले भैरहेको छ ।

एकसाता भित्रै १५५१ जनाको केन्द्रिय कार्यसम्पादन समिति र १२१ देखि १५१ जना सम्मको सचिवालय घोषणा गरिने भएको छ । भोली सुक्रबार नै कार्यसमितिका पदाधिकारीहरु सहितको नामावली घोषणा गर्ने तयारी भैरहे पनि दस्तावेज छपाईको काम नसकिएकोले केही दिन पर धकेलिएको गौतम निकट नेता डि.वि.कार्कीले जनतापाटीलाई जानकारी दिए । ‘अन्तिम संख्या टुंगो लागिसकेको छैन । तर, लगभग त्यतिको संख्यामा रहेर केन्द्रिय कार्यसम्पादन समिति र सचिवालय गठन हुन्छ’ कार्कीको भनाई छ ।

उनका अनुसार पेशागत क्षेत्रका कतिपय व्यक्तिहरुसंग छलफल भैरहेकोले अन्तिम निर्णय हुन वांकी छ । ‘विगतमा पार्टीमा सक्रिय रहेर अहिलेको विभाजन प्रकृयाप्रति असन्तुष्ट रहेका नेता कार्यकर्ताहरुलाई समेट्ने हाम्रो प्रयास हो । त्यहीअनुसार विभिन्न प्रवुद्ध व्यक्तित्वहरुसंग कुरा भैरहेको छ’ उनले भने । माक्र्सवाद, लेनिनवाद र जनताको वहुदलिय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अपनाइएकोले यसमा कस्ता व्यक्तिहरु समावेश हुने भन्ने कुनै अन्योल नरहेको उनको भनाइ छ । कार्कीका अनुसार डा. युवराज संग्रौला, डा. कुमार शर्मा, डा. केशवराज खड्का आदी वुद्धिजिवीहरु सचिवालयमै वसेर काम गर्ने टुंगो लागिसकेको छ भने माओवादी खेमाका पूर्व सांसद तथा अधिवक्ता खिमलाल देवकोटा लगायतका व्यक्तित्वहरुसंग छलफल भैरहेको छ ।

एकता अभियानले वडा तहदेखि नै संगठन बनाउने तयारी पनि गरेको छ । त्यहीकारण केन्द्रिय र सचिवालयको संख्या ठूलो हुन पुगेको बताइएको छ । पार्टी नभनेपनि पार्टीकै संरचनाजस्तो समानान्तर संगठन बनाउन लागेकोले गौतमले अर्कै नंया पार्टी बनाउन लागेको चर्चा पनि चलिरहेको छ ।

तर, गौतम निकट नेता कार्की भने नेकपा माथिदेखि तलसम्मै विभाजनको क्रममा रहेकोले त्यसलाई जोड्ने प्रयासस्वरुप तल्लो तहसम्म संगठन बनाउन वाध्य हुनु परेको बताउंछन् । ‘माथि दिइने दवावले मात्र भएन, हरेक कमिटीहरुमा दवाव सृजना गर्नु पर्यो । त्यही हुनाले कमिटी तलैसम्म विस्तार गर्नु पर्ने भएको हो । राजनीतिक पार्टी बनाउने उद्धेश्य होइन’ उनको भनाई छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -