काठमाडौं, बुधबार, ७ माघ २०७७ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस गर्न प्रत्येक अधिवक्तालाई आधा घण्टाको समय तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधबारको संवैधानिक इजलासमा आधा घण्टा समय तोकेका हुन् ।
एउटै अधिवक्ताले लामो समय बहस गरेपछि सर्वोच्चले समय तोकेको हो । सर्वोच्च अदालत प्रशासनका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको बहसका लागि १ सय ८८ जना कानून व्यवसायीले वकालतनामा लेखाएका छन् ।
प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट संवैधानिक इजलासले नै हेर्ने आदेश गरेपछि आइतवारदेखि अन्तिम सुनुवाइ भइरहेको छ ।








































