काठमाडौं, शनिबार, ३ माघ २०७७ । प्रचण्ड बाबुरामले माफि मागे भने वलि एक्लिन सक्ने बताएका छन ।
नेपाली काँग्रेसका बैचारिक युवा नेता तथा संघिय मामिला तथा प्रदेश समन्वय केन्द्रीय बिभागका सदस्य युवराज बस्ताकाेटीले जानी नजानी वा प्रचण्ड बाबुरामकाे गलत महत्वाकांक्षाका कारण माओबादी बिद्राेह कालमा १७ हजार नेपालीले अनाहक ज्यान गुमाउनु परेकाे , ५० हजार जतिकाे अंगभंग भएको , हजारौं बेपत्ता भएकाे तथा हजारौंको सिंदुर पुछिएकाे, काख रित्तिएकाे तथा लाखौं लालाबाला टुहुरा बन्न परेकाे सन्दर्भमा साे कृयाकलाप गलत थियाे ।
र साेही १० बर्षे रक्तपातपुर्ण बिद्राेहका कारण देश ५० बर्ष पछाडि परेकाे प्रति त्यस गलत कालखण्डका प्रमुख पात्रका हैसियतले प्रचण्ड बाबुरामले आम जनतासंग माफि मागेमा नेपाली काँग्रेस पार्टी उनीहरुकाे हालकाे राजनीतिक प्रस्तावप्रति बिचार गर्न सक्ने धारणा आफ्नाे ट्विटर ह्याण्ड मार्फत सार्वजनिक गरेका छन् ।
प्रिय नेता श्यामसुन्दर श्रेष्ठ , आफ्नाे मामा डिल्लीराम न्याैपाने, शिक्षक मुक्ति नाथ अधिकारी जस्ता हजारौं निर्दाेश मानिसकाे हत्या हिंशाबाट आएका व्यक्तिहरुले नेपाली काँग्रेस जस्ताे लाेकतन्त्र र राष्ट्रियता का लागि अनबरत आजिवन शान्तिपूर्ण लडाइँ लड्दै जीवन बलिदान गरेका वी पी काेइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईकाे पार्टीलाई उपदेश दिन नसुहाउने वताएका छन् ।
प्रधानमन्त्री केपि वलि पनि छलकपट र झुटकाे पुलिन्दा गाँसेर जनतालाई छक्याएर सत्तामा गएका नेता भएकाले कम्युनिस्ट जुनसुकै उस्तै हुन् । हिजाे गिरिजाप्रसाद काेइरालालाई झुक्याउनेले आज अरु नेतालाई झुक्याउदैन भन्ने छैन , ” उनले भनेका छन् । ” प्रचण्ड बाबुरामले गल्ती स्विकार्दै माफि मागेमा वलि एक्लिन सक्नेछन् “बस्ताकाेटीले लेखेका छन् ।









































