Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:१८:३५ बिहान
- ADVERTISEMENT -

निर्वाचन आयोगद्वारा मानव संसाधन नीति २०७७ स्वीकृत

प्रकाशित मिति: २०७७ माघ ३, शनिबार

744
Shares

काठमाडौं, ३ माघ २०७७ । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन मानव संसाधन नीति, २०७७ स्वीकृत गरेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा संलग्न हुने कर्मचारीको व्यवस्थापनका लागि आवश्यकताअनुसार नीतिगत तथा कानूनी सुधार गरी आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले आयोगले उक्त नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो ।

निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा परिचालन गरिने कर्मचारीको क्षमता विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने लगायतका नीति निर्धारण गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । पाँचवटा रणनीति अन्तर्गत ३३ वटा कार्यनीति तय गरिएको, नीतिको कार्यान्वयनका लागि निर्देशक समिति र कार्यान्वयन समितिको व्यवस्था गरिएको छ ।

आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी बनाउन निर्वाचनका सबै सरोकारवाला विशेषतःमानव संसाधन विकासका क्षेत्रमा कार्यरत सबै तह र प्रकारका प्रतिष्ठान, तालीम केन्द्र र सङ्घसंस्थासँग सहकार्य गर्न यस नीतिले महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास गरिएको छ । संविधानले राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनकोे सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई प्रदान गरेको छ ।

कर्मचारी छनौट र परिचालनलाई समावेशी, लैङ्गिकमैत्री, अनुमानयोग्य तथा पारदर्शी बनाउनको लागि निश्चित मापदण्ड र कार्यविधि बनाउनुपर्ने आवश्यकता र विगतका निर्वाचनबाट प्राप्त सिकाइ तथा उपलब्धि, आयोगको पञ्चवर्षीय रणनीतिक योजना अनुरूप निर्वाचन पूर्व उक्त नीति बनाएर कार्यान्वयनमा ल्याइएको आयोगले जनाएको छ ।

निर्वाचनपछि पनि नियमितरूपमा कार्य गर्ने तथा निर्वाचन अवधिमा सघनरूपमा निर्वाचन गर्नका लागि परिचालित हुने जनशक्तिको विकास र परिचालनका लागि “सीपयुक्त, दक्ष र उत्प्रेरित जनशक्तिमार्फत निर्वाचन व्यवस्थापन” गर्नु यस नीतिको दूरदृष्टि छ ।“विश्वसनीय निर्वाचनका लागि व्यवसायिक तथा सक्षम जनशक्तिको व्यवस्थापन गर्ने” ध्येय रहेको उक्त नीतिको “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी निर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न गुणस्तरीय तथा व्यावसायिक मानव संसाधनको विकास गरी जनशक्ति परिचालन गर्नु” मुल लक्ष्य छ ।

विशिष्ट ज्ञान, सीप, क्षमता भएका उत्प्रेरित जनशक्ति विकास गर्न संस्थागत संरचनाको स्थापना र सञ्चालन, निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा खटिने जनशक्तिको क्षमता विकासका लागि विभिन्न निकायसँग समन्वय र सहकार्य अभिवृद्वि गर्ने उद्देश्य छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -