Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
४:१८:५५ बिहान
- ADVERTISEMENT -

अनुमतिविना किर्गिस्तानका दुई हेलिकोप्टर रहस्यमय रुपमा त्रिभुवन विमानस्थलमा अवतरण

प्रकाशित मिति: २०७७ माघ २, शुक्रबार

535
Shares

काठमाडौं, शुक्रबार, २ माघ २०७७ । विशेष अनुरोधपछि अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट पार्किङ गर्न दिइएको किर्गिस्तानको हेलिकोप्टरका दुई चालकहरु नै बेपत्ता भएपछि त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल र नागरिक उड्ययन प्राधिकरणका अधिकारीहरुबीच हल्लखल्ली मच्चिएको छ ।

किर्गिस्तानका नागरिकहरु क्याप्टेन ख्रामुसिन एण्ड्रे र क्याप्टेन अबदुल्लेइभ एमिल्टीले पुसु २५ गते शनिबार वंगलादेशबाट उडान गरि ‘हेलि स्काइ’ नामक कम्पनीका दुई हेलिकोप्टर आकस्मिक रुपमा त्रिभुवन विमान स्थलमा अवतरण गराएका थिए । ती हेलिकोप्टरहरु किर्गिस्तानको रहेको र ३० वर्ष पुरानो हो ।

पूर्व सूचना नदिई हेलिकोप्टरहरु नेपाल किन ल्याइयो भन्ने छानबिन गरिरहेका प्राधिकरणका अधिकारीहरु अचानक ती पाइलटद्धय नै वेपत्ता भएपछि थप आश्चर्य र तनावमा परेका छन् ।

स्रोतका अनुसार ती दुवै पाइलट अहिले रहस्यमयरुपमा इण्डोनेसिया पुगिसकेका छन् र उनीहरुलाई सम्पर्क गर्नको लागि पटक पटक प्रयास गर्दा पनि नसकेपछि अहिले किर्गिस्तान सरकारसंग सम्पर्क गर्ने प्रयास भैरहेको प्राधिकरणका एक अधिकारीले जनतापाटीलाई जानकारी दिए । उनका अनुसार किर्गिस्तान सरकार र ‘हेलि स्काई’ कम्पनीका अधिकारीहरुलाई नै बोलाएर हेलिकोप्टर फिर्ता पठाउने प्रयास भैरहेको छ । ‘हामीले हाम्रो हेलिकोप्टर ल्याउंछौं, जनवरी अन्त्यसम्म त्यहीं राखिदिनु पर्यो भन्ने खबर आएको छ । के गर्ने भन्ने हामी छलफल गर्दैछौं’ प्राधिकरणका ती अधिकारीले भने ।

यी दुवै हेलिकोप्टरलाई अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘डोमेस्टिक परिसर’मा राखिएको छ । स्रोतका अनुसार इण्डोनेसिया र किर्गिस्तानबाट पर्यटकहरु ल्याएर नेपाल घुमाउने र त्यसको लागि त्रिभुवन विमान स्थललाई पार्किङको रुपमा प्रयोग गर्ने गरि ‘हेली स्काई’ कम्पनीले केही समय अगाडि अनुरोध गरेको थियो । तर, प्राधिकरणले त्यसबारेमा कुनै निर्णय दिएको थिएन । त्यही विचमा दुईवटा पाइलट लगभग एकै समयमा जर्वजस्ती हेलिकोप्टर अवतरण गराएर भागेका छन् । कम्पनीले केही समय अघि गरेको त्यो अनुरोध पछि भएको यो घटनाको विचमा कुनै सम्वन्ध छ कि छैन भन्ने छानविन भैरहेको बताइएको छ ।

‘दुर्घटना पछि गाडी वा वाइक चालकहरु भाग्नु त नौलो घटना होइन, तर कुनै दुर्घटना नभई एकै पटक दुईवटा हेलिकोप्टर नेपालमा ल्याएर पाइलट भाग्छन भने त्यसमा केही न केही रहस्य त पक्कै छ । हामी त्यही रहस्य पत्ता लगाउने प्रयास गरिरहका छौं’ प्राधिकरणका ती अधिकारीले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -