Opens in a new tab
२०८३ कात्तिक ३०, आइतबार
७:२१:५२ बेलुका
- ADVERTISEMENT -

प्रधान सेनापति ट्रफि-२०७७ को उद्घाटन

प्रकाशित मिति: २०७७ पुस २३, बिहीबार

675
Shares

काठमाडौं, बिहिबार, २३ पुस २०७७ । प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा प्रधान सेनापति ट्रफि २०७७ खेलकुद प्रतियोगिताको आज एक समारोहकाबिच उद्घाटन गर्नु भएको छ । कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी श्री निरन्जन कुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नु भएको थियो भने सैनिक ब्याण्डबाट व्याण्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो ।

उक्त खेलकुद प्रतियोगिता माघ ०२ गतेसम्म संचालन हुनेछ । प्रतियोगितामा नेपाली सेनाको पृतनाहरुको ८, मद्दती बाहिनीहरुको ५, विशेष फौज वाहिनीको १ र फुटबल खेलमा विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयको १ गरी जम्मा १५ वटा टिमहरुको सहभागीता रहेको छ ।

प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरु भद्रकाली स्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनी स्थित जगदल गण तथा लगनखेल स्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा संचालन हुनेछन् ।

उक्त समुद्‍घाटन कार्यक्रममा पूर्व प्रधान सेनापतिहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्च पदस्थ अधिकृतहरु, वहालवाला तथा अवकास प्राप्त रथीबृन्दहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका अधिकृत लगायत संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारामा आधारित रहेर नेपाली सेना भित्रका खेल प्रतिभाहरुको पहिचान गरी उनीहरुको सिप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका क्षमतावान खेलाडीहरु तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट शुरु भएको प्रधान सेनापति ट्रफिु नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -