Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
५:२२:३० बिहान
- ADVERTISEMENT -

पृथ्वीनारायण शाहको तस्वीर अङ्कित मुद्रा निकाल्न सुझाव

प्रकाशित मिति: २०७७ पुस २२, बुधबार

849
Shares

काठमाडौं, बुधबार, २२ पुस २०७७ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाह नेपालको परिचय र पहिचानको प्रतीक भएकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यरुपमा मनाउन सम्पूर्ण तह र तप्कासगँ आह्वान गरिएको छ ।

समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुले पृथ्वीनारायणको योगदानको सम्मान गर्दै उनको तस्वीर अङ्कित गरी सिक्का र नोट प्रकाशित गर्न सरकारसँग आग्रह गरे । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा यही पुस २७ गते रत्नपार्कमा आयोजना हुने भेलामा राष्ट्रिय झण्डामा एकताबद्ध हुन पनि उनीहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरे । नेपाली मौलिकताका प्रतीकका रुपमा रहेका राष्ट्रिय विभूति पृथ्वीनारायणले त्यस समयमै अघि बढाएका पारदर्शी, उत्तरदायी, उद्योगधन्दा स्थापना, वातावरण सन्तुलन, परराष्ट्र नीति, सुरक्षा जस्ता विषय अहिले झन्झन् सान्दर्भिक बन्दै गएको स्मरण गरियो ।

सो अवसरमा चर्चित अभिनेत्री मनिषा कोइरालाले राष्ट्र निर्माताको जन्मजयन्ती र राष्ट्रिय एकता दिवस भव्यरुपमा बनाउन सम्पूर्ण नेपालीजनलाई आह्वान गरिन्। विसं १७७९ पुस २७ गते गोर्खामा जन्मेका पृथ्वीनारायणले त्यस समयका स–साना राष्ट्रलाई एकीकरण गरी चार वर्ण र छत्तीस जातको साझा फूलबारीका रुपमा नेपाललाई अघि बढाएकी थिइन् ।

राष्ट्रिय झण्डामा एकताबद्ध भई राष्ट्रियता, राष्ट्रिय एकता, स्थिरता, आत्मस्वाभिमान, समृद्धि र सुशासनको पक्षमा उभिन सबै नागरिकसग आग्रह गर्दै वक्ताहरुले एकता दिवसमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरे । पृथ्वीनारायणको जन्मस्थान संरक्षण, योगदानका गाथा समेटिएको सङ्ग्रहालय स्थापना, दिव्य उपदेश विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा समावेश तथा जीवनी समेटिएको वृत्तचित्र बनाउन पनि सो अवसरमा सरकारसँग माग गरियो ।

सो अवसरमा नेकपा मालेका महासचिव सिपी मैनाली, वामपन्थी नेता राधाकृष्ण मैनाली, पुराना राजनीतिज्ञ हरिबोल भट्टराई, प्रेम कैदी, विपीन कोइराला, पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवाल, नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक रमेश खरेल, गुरु वशिष्ठ, प्राडा उत्तम कर्माचार्य, अभियन्ता सुरेन्द्र भण्डारीलगायतले सम्पूर्ण जीवन एकीकरणमा खर्चिएका राष्ट्रनिर्माताको दिव्य उपदेशलाई बेवास्ता गरिँदा मुलुकले विदेशी हस्तक्षेपको सामना गर्न परेको घटना सुनाए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -