गोरखा, आइतबार, १९ पुस २०७७ । नेपालको ऐतिहासिक पर्यटकिय स्थल गोरखाको लिगलिगकोटमा नेपाल पत्रकार महासघं, गोरखाको १० औं साधारण सभा , पुरस्कार वितरण एवं सम्मान कार्यक्रम-२०७७ सम्पन्न गरिएको छ ।

पत्रकार महासंघ गोरखाको १० औं साधारण सभा सम्पन्न भएको छ । ७ बुदे घोषणा पत्र जारी गर्दै उक्त सभा सम्पन्न भएको छ ।
महासंघ गोरखा शाखाको आँपपिपलको लिगलिगमा भएको साधारण सभाले समग्र पालुङटारको विकास सगै समसामयीक राजनैतिक बिषयमा ७ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।

घोषणा पत्रमा ऐतिहासिक तथा पुरातात्विक लिगलिगकोट दरबार क्षेत्रको संरक्षण, जिर्णोद्धार, प्रचार प्रसारका साथै उत्त क्षेत्रको समग्र विकासका लागि सम्बन्धित निकायले ध्यान पु¥याउन आग्रह गर्दै शाखाले पालुङटार नगर क्षेत्रको सर्वाङ्गिण विकास, पालुङटार विमानस्थल पुनःसञ्चालन, मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्न समेत महासंघ जोडदार माग गरेको छ ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ गोरखा शाखाले यस बर्षको तुलसी पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनका गोरखा संवाददाता भीमलाल श्रेष्ठलाई प्रदान गरेको छ ।

गएको करिब २ दशकदेखि गोरखा जिल्ला भित्र रहेर क्रियाशिल रुपमा पत्रकारिता गर्दै आउनुभएको छ । पत्रकारिता क्षेत्र मार्फत उहाँले पुर्याउनु भएको योगदानलाइ कदर गर्दै श्रेष्ठलाई यो बर्ष पुरस्कृत गरिएको हो ।
साथै, कोरोना संक्रमणका बिच पनि निरन्तर कलम चलाउदै आफ्नो जिम्मेवारी पुरा गर्नुभएको भन्दै पुरस्कृत गरिएको पुरस्कार छनोट समितिका संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिनुभयो । उक्त पुरस्कारको रासी रु १० हजार रहेको छ ।
त्यसैगरी, पत्रकार महासंघ गोरखा शाखाले चलाएको सुद्विकरण अभियानमा परेका पूर्व सदस्यहरुलाई पनि साधारण सभामा सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अस्मिता रानामगरलाई खादा र सम्मान पत्रसहित बिदाई गरेको छ ।

पत्रकार श्रेष्ठलाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आर्चाय, पत्रकार, तुलसी पत्रकारिता कोषका संस्थापन किरण अर्याल, पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोबिन्द आचार्य, उपाध्यक्ष विपुल पोखरेल, केन्द्रिय भूपु अध्यक्ष धमेन्द्र झा, पालुङटार नगरपालिकाका मेयर ई.दिपक कडेल, गोरखा नगरपालिकाका अध्यक्ष राजनराज पन्त, पालुङटार नगरपालिकाका उप मेयर पम्फा बसेल, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य कैलासबावु श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।








































