Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३०:३१ बिहान
- ADVERTISEMENT -

मतदाता नामावली अद्यावधिक गरिँदै

प्रकाशित मिति: २०७७ पुस १२, आइतबार

581
Shares

काठमाडौँ, आइतबार, १२ पुस २०७७ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामवाली अद्यावधिक गर्न शुुरु गरेको छ ।

आयोगका प्रवक्ता राजकुुमार श्रेष्ठका अनुुसार निर्वाचनका लागि शुरुका चरणमा गर्नुुपर्ने कामको तयारी प्रारम्भ भएको र मतदाता नामावली अद्यावधिक गर्न थालिएको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचन दुुई चरणमा आगामी वैशाख १७ र २७ गर्ने गरी मिति तोकिसकेकोे छ । यद्यपि उक्त निर्वाचनका विषयमा दलबीच उत्पन्न भएको विवाद निरुपणका लागि सर्वोच्च अदालतमा विषय प्रवेश गरेको छ । आयोगले ऐनमा व्यवस्था भएअनुुसार निर्वाचन घोषणा भएलगत्तै ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट गरिरहेको मतदाता नामावली सङ्कलन स्थगन गरेको छ ।

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैभन्दा पहिले आयोगले निर्वाचन कार्यक्रम कार्यतालिका बनाउनुुपर्ने हुुन्छ । निर्वाचनसम्बन्धी ऐनकानूनले व्यवस्था गरेअनुुरुप त्यस्तो काम  विधि र प्रकृयाले तोकिएको मितिभन्दा अगाडि पनि गर्न सकिँदैन, पछि सार्न पनि मिल्दैन ।

तोकिएको मितिमा ठीकठीक तरिकाबाट कार्यसम्पन्न गर्ने सिलसिलामा हाल कार्यतालिका निर्धारणका लागि मस्यौदा तयार गरिसकिएको छ ।  उक्त मस्यौदा निकट भविष्यमै अन्तिमरुप दिएर निर्णयका लागि पेश हुने क्रममा रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

आयोगले निर्वाचनका लागि आवश्यक पर्ने बजेट अनुुमानको काम गरिरहेको छ । उक्त निर्वाचनका लागि के-कस्ता क्रियाकलाप गर्नुुपर्छ, त्यसका लागि कति जनशक्ति के-कति समय परिचालन हुुन्छ र त्यसमा केकस्ता अन्य स्रोत सामग्री आवश्यक पर्छ भन्ने आधारमा  बजेटको निक्र्योल गर्नुुपर्ने भएकाले आयोगले बजेट अनुुमान गर्ने काम भइरहेको बताइएको छ ।

विगतका निर्वाचनकै विधि प्रकृया र क्रियाकलाप गरिने भए पनि कति मात्रामा जनशक्ति परिचालन गर्छौँ, कति समयमा त्यो क्रियाकलाप सञ्चालन हुन्छन्, के-कस्ता सामग्री प्रयोग गर्छौँ भन्नेसँग बजेट निर्धारण हुने उहाले बताउनु भयो । यद्यपि अघिल्लो आमनिर्वाचनमा रु सात अर्बको हाराहारीमा खर्च भएकाले यस पटक पनि सोही वरपरकै खर्च हुुने अनुुमान छ ।

अहिलेको निर्वाचन कोरोनाका कारण स्वास्थ्यका दृष्टिकोणले निर्वाचन व्यवस्थापन गर्नुुपर्ने भएकाले केही खर्च थप लग्ने अनुुमान गरिएको छ । बजेट तर्जूूमाको काम भइसकेपछि आयोगले स्वीकृत गरी अर्थ मन्त्रालयसँग अनुुरोध गर्ने छ । निर्वाचनका लागि प्रयोग हुुने मतपेटिकालगायत अत्यावश्यक सामग्री  जिल्ला निर्वाचन कार्यालयमा के, कति र कस्तो अवस्थामा मौज्दात छ, नपुुग हुुने सामग्री कति हो भन्ने विवरण आयोगले लिइरहेको छ । त्यससम्बन्धी विवरण प्राप्त भइसकेपछि आवश्यक थप सामग्री व्यवस्थापन गरिने छ ।

सवारी साधन, मेसिनरी औजारको सङ्ख्या र अवस्थाबारे आयोगले जिल्लाजिल्लाबाट विवरण लिइरहेको छ । त्यस्ता सामग्रीको मर्मत सम्भार गर्न लाग्ने खर्च तथा कम्प्युुटर, फोटो कपी, फयाक्सलगायत सामग्रीको अवस्थाको विवरण पनि कार्यालयबाट मागिरहेको छ ।

निर्वाचनका सन्दर्भमा प्रयोग हुने निर्देशिका, कार्यविधिअनुसार विद्यमान, ऐनकानूनका आधारमै निर्वाचन हुने भए पनि आयोगले आचार संहितालगायत विषयलाई अद्यावधिक गर्नुुपर्ने छ । सो कार्य शुुरु भएको छ ।

निर्वाचन कार्यतालिका आयोगबाट स्वीकृत भएपछि निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्न सूूचना प्रकाशन गर्ने, दलसँग अरु कार्यमा सरसल्लाह गर्ने, मनोनयपत्र दर्ता गर्नेदेखि निर्वाचन चिह्न प्रदान र मतदान गर्नेसम्मका कार्य हुनेछ । त्यसका लागि आवश्यकता र प्राथमिकता निर्धारण गरी आयोगले योजनाबद्ध र व्यवस्थितरुपमा गर्ने छ  । निर्वाचन आयोगमा हाल १३० भन्दा बढी राजनीतिक दल दर्ता छन् । मतदातको सङ्ख्या भने  एक करोड ५४ लाखको हाराहारीमा छ ।

निर्वाचनलाई व्यवस्थित र मर्यादित तुुल्याउन के, कस्ता विषयमा विशेष ध्यान पुर्याउनुपर्छ भनी प्रमुुख निर्वाचन आयुुक्त दिनेशकुुमार थपलियाले विगतमा  आयोगमा रही अनुुभव हासिल गरेका  सञ्चार तथा सूूचना प्रविधि मन्त्रालय र सरकारी सञ्चारमाध्यमका पदाधिकारीसँग राय, सुुझाव र सल्लाह लिनु हुने छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -