काठमाडाैं , शनिबार, ११ पौश २०७७ । नागार्जुन नगरपालिका-१ रानीबन तुफान चोक (राधाकृष्ण मन्दिर नजिक) मा मोबाइल चार्जका क्रममा घरमा आगलागी भएको छ ।

तीन तले घरमा लागेको आगो दमकलको सहयोगमा निभाइएको छ । आइफोन चार्जमा राखेर नुहाउने क्रममा आइफोन पडकेर आगो लागेको र पानी हाल्दा झन बलेको थियो ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।










































