Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५४:११ बिहान
- ADVERTISEMENT -

उखु किसानको आन्दोलनमा पुगेर उद्योगमन्त्रीद्वारा १२ दिन भित्र बक्यौता रकम दिलाउने प्रतिबद्धता

प्रकाशित मिति: २०७७ पुस ४, शनिबार

564
Shares

काठमाडौं, शनिबार, ४ पौष २०७७ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको बक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अवको १०÷१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको पनि बताउनुभयो । उहाँले भन्नुभयो ‘१०÷१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराईसक्छौँ । नभए सम्बन्धित पक्षको सम्पती रोक्का गरिदिने प्रक्रियामा अगाडी बढ्छौँ । हामिलाई विश्वास गर्नुहोस् ।’

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताउनुभयो । सरकारको ठुलो संयन्त्र हुँदाहुँदै पनि उद्योगीहरु भागेर हिंडेको बताउँदै बरिष्ठ नेता पौडेलले आन्दोलनरत किसानको मागलाई सरकारले पुरा गर्नुपर्ने बताउनुभयो ।

सरकारले उखु किसानलाई बक्यौता रकम दिलाउन नसके नेपाली कांग्रेस पार्टी पनि उखु किसानको आन्दोलनमा समाहित हुने बताउनुभयो । उहाँले भन्नुभयो ‘राज्यले यथासक्य छिटो किसानको मागलाई पुरा गर्ने कुरामा ध्यान दिनुप¥यो । किसानका ३ वर्ष देखिको पैसा दिलाईदिनु प¥यो । त्यो नदिलाईदिने हो भने यो आन्दोलनमा हाम्रो पार्टी, हामिपनि उपस्थित हुन्छौँ । हाम्रो पार्टी किसानको पार्टी हो । हामी ऐक्यबद्धता जनाउन आएका हौँ । किसानले पैसा पाउनुप¥यो ।’

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा आई उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -