Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:५०:३६ बिहान
- ADVERTISEMENT -

काठमाडौमा सवारीको चाप लकडाउन हुनुभन्दा पहिलेकै अवस्थामा

प्रकाशित मिति: २०७७ पुस ३, शुक्रबार

730
Shares

काठमाडौं, पुस ३ गते । जोरबिजोर हटेसँगै शुक्रबार काठमाडौमा सवारीको चाप लकडाउन हुनुभन्दा पहिलेकै अवस्थामा देखिएको छ ।

कोरोना महामारीको कारण काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर शुक्रबारबाट हटेसँगै सवारी साधनको चाप बढेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

जोरबिजोरलाई ट्राफिक प्रहरीले कडाइ गरेसँगै शुक्रबारबाट जोरबिजोर हटाएसँगै चाप ह्वात्तै बढेको महानगरीय ट्राफिक महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

ट्राफिक चाप बढ्न सक्ने भन्दै महाशाखाले आफूसँग भएका जनशक्ति परिचालन गरेसँगै ट्राफिक व्यवस्थापनमा भने खासै समस्या नभएको अधिकारीले बताउनुभयो । केही दिनदेखि उपत्यकामा सवारीको चाप बढेसँगै आफूसँग रहेका सबै जनशक्ति महाशाखाले परिचालन गरेको एसपी अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार उपत्यकामा अहिले १४ सय जनशक्ति परिचालन भएको छ । सवारीको चाप बढेसँगै दुर्घटनामा समेत बृद्धि हुन सक्ने भएकाले प्रहरीले सर्तकता बढाएको एसपी अधिकारीले भन्नुभयो । उहाँका अनुसार दैनिक २५ सय सवारी साधनहरुलाई ट्राफिकले कारवाही समेत गर्ने गरेको छ ।

कोरोना महामारीसँगै ट्राफिक प्रहरीलाई कोरोनाको जोखिम बढ्ने भन्दै रोकिएको मापसे चेकजाँच शुक्रबारबाट पुन सुरु गरिएको अधिकारीले भन्नुभयो । काठमाडौं उपत्यकामा नौ महिनादेखि रोकिएको मापसे चेकजाँच शुक्रबारबाट सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै स्थानमा मापसे चेकिङ सुरु गरेको हो । ‘ हामीले उपत्यकामा रहेका सबै ट्राफिक युनिटहरुलाई निर्देशन दिएका छौ’ महानगरीय ट्राफिक महाशाखाका एसपी श्यामकृष्ण अधिकारीले भन्नुभयो ।

मापसेको कारणले उपत्यकाका सबै युनिटलाई निर्देशन दिएरु रातको समयमा मापसे चेकिङ सुरु गरेको उहाँले स्पष्ट पार्नुभयो । महाशाखाका एसपी अधिकारीले मापसे जाँच गर्दा ब्रेथलाइजर एकपटक मात्रै प्रयोग गर्ने र बाटोमा त्यसको सरसफाइ सम्भव नभएकाले कार्यालयमा लगेर सफा गर्ने बताउनुभयो । ट्राफिक कारवाहीमा परेकाहरुलाईे अनलाइन कक्षाकै व्यवस्था महाशाखाले गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -