Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:२७:२१ बिहान
- ADVERTISEMENT -

नियम मिचेर बाटो काटेको बामदेवको तस्वीर सेयर गर्दै सूर्य थापाले भने,- ‘को कस्तो हो ?’

प्रकाशित मिति: २०७७ मंसिर २१, आइतबार

658
Shares

काठमाडौं, आइतबार, २१ मङ्सिर २०७७ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाका पार्टी उपाध्यक्षको सडक नियम मिचेरको फोटो शेयर गर्दे को कस्तो रु तस्बिर काफी छ १ छ भन्दै आलोचना गरेका छन् । थापाले आइतबार विहानै आफनो आधिकारीक फेसबुकमा उक्त फोटो पोष्ट गर्दे उक्त भनाइ राखेका हुन् । उक्त फोटो गौतम उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदाको फोटो हो। उनले सडक नियम मिचेर गाडी रोक्दै डिभाइडर नाघेर अर्को साइड जान लागेका हुन् ।

२०७० को निर्वाचनपछि तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाको पालामा उनी उपप्रधानमन्त्री तथा गृहमन्त्री हुँदा बाटोमा गाडी रोकेर ट्राफिक नियम उलंघन गर्दै बाटो काट्दै गर्दाको हो। उक्त फोटो पोष्ट गर्दै थापाले लेखेका छन्, ‘को कस्तो ? तस्वीर काफि छ।’

पार्टीका उपाध्यक्ष वामदेव गौतमले शनिवार बसेको सचिवालय वैठकमा सूर्य थापालाई हटाउन माग गरेका थिए। गौतमले सूर्य थापाले पार्टीलाई हानी गरेकोले उनलाई हटाउनु पर्ने माग गरेका थिए।

गौतमले हटाउने माग गरेपछि सूर्य थापाले उक्त फोटो पोष्ट गरेका हुन्। थापा नेकपाको प्रचार विभाग उपप्रमुख समेत रहेका छन्। थापाले अहिले उक्त स्टाटस डिलिट गरीसकेका छन् ।

- ADVERTISEMENT -